News Portal

  • नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का पार्टी सदस्य ७ लाख ५२ हजार ९ सय ५६

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ साउन २०८०
    ४२२ पटक
    भक्तपुर, १७ साउन २०८०

    जनयुद्धमार्फत व्यवस्था बदलेर आएको सतारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का सदस्य ७ लाख ५२ हजार ९ सय ५६ रहेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको बैठकमा सो तथ्यांक पेश गरेका हुन् ।

    अध्यक्ष प्रचण्डका अनुसार सबैभन्दा बढी पार्टी सदस्य बागमती प्रदेशमा रहेका छन् । बागमतीमा १ लाख ४७ हजार ३ सय ५३ सदस्य संख्या रहेको अध्यक्ष प्रचण्डले उल्लेख गरे ।

    त्यस्तै कोशीमा ९९ हजार छ सय एक, मधेसमा १ लाख १६ हजार ९ सय ७५ गण्डकीमा ६६ हजार छ सय ८७, लुम्बिनीमा १ लाख १२ हजार ९ सय १०, कर्णालीमा ८५ हजार ७ सय ७४ र सुदूरपश्चिममा ७० हजार ४ सय ८२ सदस्य रहेका उनले बताए ।

    माओवादी केन्द्रको सम्पर्क कमिटी १९ हजार ३ सय १३, उपत्यकामा १८ हजार ३ सय २५ र प्रवासमा ५ हजार ५ सय ३७ पार्टी सदस्य रहेको अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन मार्फत प्रष्ट पारेका छन् ।

    नेकपा (माओवादी केन्द्र) को बुधवारदेखि सुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष दाहालको प्रतिवेदनमाथि १८ नेताले धारणा राखेका केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा बहस केन्द्रित रहेको उनले बताए । बैठक भोलि बिहीवार बिहान ११ बजे पुनः बस्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...