News Portal

  • कम्तिमा १२ कक्षा उतीर्ण नगरेका कार्यकर्ता रास्वपाको नेता बन्न नसक्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ साउन २०८०
    ३६७ पटक
    भक्तपुर, १८ साउन २०८०

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नेतृत्वमा रहनका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । कम्तिमा १२ कक्षा उतीर्ण नगरेका कार्यकर्ता रास्वपाको नेता बन्न नसक्ने गरी शैक्षिक योग्यता निर्धारण गरिएको हो ।

    रास्वपाको केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन स्नातकोत्तर पास गरेको हुनुपर्ने मापदण्ड तोकिएको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका हुन् । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका शैक्षिक योग्यता निर्धारण गरेको प्रवक्ता ढकालले जानकारी दिए ।

    रास्वपाले प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ ।

    पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...