News Portal

  • मेयर बालेनले बनाए बिबादास्पद स्टाटस गायब

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १८ भदौ २०८०
    २९९ पटक
    balenभक्तपुर, १८ भदौ २०८०

    काठमाडौ महानगरका मेयर बालेन साहको बिबादास्पद स्टाटस गायब भएको छ । सामाजिक संजालमा लेखेको स्टाटसले आँफै फन्दामा परेपछि उनले उक्त स्टाटस हटाएका हुन् ।

    शनिवार मेयर बालेनले सामाजिक संजालमार्फत ‘सिंहदरबार आगो लगाइदिने’ अभिव्यक्ति राखेपछि उनको आलोचना भएको थियो । महानगरको गाडी नरोक्न र रोके ‘सिंहदरबार जलाइदिने धम्कि दिएका बालेनले सरकार चोर भएको समेत भनेका थिए ।

    उनको स्टाटसपछि उनको पत्नी सवार महानगरको गाडी शनिवार ट्राफिकले चेक जाँच गरेको त्यसैको प्रतिक्रिया स्वरुप बालेनले आक्रोश पोखेको समाचारहरु सार्वजनिक भएका थिए । शनिवार बिदाको समयमा सरकारी सवारी पास लिएर मात्र चलाउनुपर्ने नियम रहेको  र रातिको समय भएकाले दुरुपयोग भएको हुनसक्ने आशंकाका आधारमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो । सामान्य सोधपुछ गरी पास लिएर हिड्न चालकलाई आग्रह गर्दै ट्राफिक प्रहरीले गाडी छोडीदिएका भएपनि मेयर बालेनको आक्रोश साम्य भएन । उनले आफ्नो महानगरको कुनै पनि गाडी चेक नगर्न चेतावनी दिंदै सोही राति सामाजिक संचालमा आक्रोश पोख्न पुगे ।

    सोमबार बिहान भने मेयर साहले उक्त स्टाटस हटाएका छन् । मेयर जस्तो पदमा बसेको र सबैले आशा गरेको युवा नेताले यस्तो स्ट्याटस लेखेको बौद्धिक वर्गले सोकुरा मन पराएन भने सुरक्षाकर्मीलाई हौसला दिनुपर्नेमा उल्टै हेपेको भन्दै कर्मचारीतन्त्र पनि उनी प्रति सन्तुष्ट हुन सकेन । सरकारलाई थाहै नबहेको बिषयमा बिषबमन गर्दा मेयर बालेन उल्टै फन्दामा पर्न पुगे । सरकारले उनलाई कारवाही गर्ने प्रक्रिया शुरु गरेको सामाचार बाहिरीए संगै सोमबार बिहान उनले आफ्नो बिबादित स्टाटस हटाए ।

    शनिबार बेलुका बालेनले सामाजिक सञ्जालमा एक विवादास्पद स्टाटस लेखे । ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

    उक्त स्ट्याटसको चर्को आलोचना भएपछी मेयर निकट सामाजिक संजालका पेज र प्रयोगकर्ताले बालेन पत्नीले बच्चा डेलिभरीका लागि अस्पताल जान महानगरको गाडी प्रयोग गरेको र बाालेनमा भावनात्मक आवेग उत्पन्न भएको भन्दै प्रतिरक्षा गर्न खोजे । कयौंले गाडी रोकिएकै कारण मृत बच्चा जन्मिएको अफवाह फैलाए । मेयरको सचिवालयले आइतवार बिज्ञप्ती निकालेता पनि गल्ती भएको बारे एक शब्द खर्चिएन ।

    काठमाडौ महानगरमा धेरैले आशा र भरोषा गरेका उदाउदै गरेका युवा नेता बालेनले आफ्नो बोलीमा लगाम लगाउन नसक्दा उनको लोकप्रियतामा यसले असर परेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...