News Portal

  • संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको निधन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २६ भदौ २०८०
    ५८७ पटक
    भक्तपुर, २६ भदौ २०८०

    दुवै संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख समेत रहेका इलाम २ का निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ । गएराती उनको हृदयघात बाट निधन भएको हो । उनी प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का उपाध्यक्ष समेत हुन् ।

    बालुवाटारस्थित निवासको शौचालयमा राति करिब १ बजेतिर नेम्वाङ बेहोस् अवस्थामा भेटिएपछि परिवार १ः५० बजे त्रिवि शिक्षण अस्पताल पु¥याएको थियो । चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गर्दा कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।

    नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेर बहादुर देउवा लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । नेम्बाङ्गको निधनले देशलाई अपूरणीय क्षती पुगेको प्रधानमन्त्री प्रचण्ड लगायतका नेताहरुले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पनि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको बताएका छन् ।

    नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि बुधवारसम्म च्यासलस्थित एमाले पार्टी कार्यालय राखिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...