प्रतियोगिले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समाबेश नगरिने बताउछन् संघका कार्यक्रम व्यबस्थापक रञ्जन साह । बिजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुक मार्फत गराईने संघले जनाएको छ ।
नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी टिकटक प्रतियोगिता गर्ने, उत्कृष्टलाई रु ५० हजार
भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ५ असोज २०८०
भक्तपुर, ५ असोज २०८०नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यहि असोज २५ गते अर्थात अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद रु ५० हजार सहित संघले सम्मान गर्नेछ । प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्नेछ । पछिल्लो समय युवा देखि बृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटक मार्फत आम नागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताउछन् नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र ।
त्यस्तै संघका महासचिव भरत बहादुर चन्दका अनुसार सन् २०२१ मा भएको RAAB सर्वेले समेत नेपालमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतनाको कमि रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरु आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहिन जिवन बिताईरहेका छन् उनिहरुलाई वा उनिहरुको परिवारमा पनि आँखा स्वास्थ्य सम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
स्थापनाकाल देखि नै संघले आँखा उपचार सेवासंगै आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिईरहेको र अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको बताउछन् संघका अध्यक्ष प्रा.डा चेतराज पन्त ।
आईकेयर फाउन्डेशनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगिहरुले निर्माण गरेको भिडियोको बिषयबस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा बिषयबस्तु समावेश गर्न पाईने छैन ।
नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण
चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न
मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...
५ दिने भक्तपुर महोत्सव आज सकिदैं
५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...
सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...
शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- ५ दिने भक्तपुर महोत्सव आज सकिदैं
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति
- बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो