News Portal

  • भूकम्पपछिको उद्दारमा प्रधानमन्त्रीको तदारुकताप्रति काँग्रेसको प्रशंसा, उद्दार कोषमा ५० लाख प्रदान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २१ कार्तिक २०८०
    १५६ पटक
    भक्तपुर, २१ कार्तिक २०८०

    प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

    काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण गर्नुपर्ने रहेको छ ।

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताएका छन् । उनले खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने प्रष्ट पारे । उनले भने, ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।’

    प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताएका छन् । नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका झैं यसपटक पनि भएको प्रधानमन्त्रीको भनाइ छ ।

    त्यसैगरि नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...