News Portal

  • प्रदेश सरकार नै आन्दोलनको तयारीमा, एक महिनाको अल्टिमेटम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ कार्तिक २०८०
    २२७ पटक
    भक्तपुर, २२ कार्तिक २०८०

    जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रहरी समायोजनलगायत प्रदेश प्रहरी प्रशासन र शान्तिसुरक्षासँग सम्बन्धित संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि ३० दिनभित्र ठोस प्रक्रिया अगाडि बढाउन र्संघ सरकारलाई आग्रह गरेको छ ।

    आज जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी मुख्यमन्त्री सरोजकुमार यादवले संविधान बनेको आठ वर्ष र प्रदेश सरकार बनेको छ वर्ष भइसक्दा पनि संविधानको एकल सूचीमा रहेको पहिलो अधिकार नै नपाएको र त्यसका लागि पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले समयसीमा तोकेरै माग अगाडि सारेको बताए ।

    ‘प्रदेश सरकारले शासन गर्न थालेको छ वर्ष भइसक्यो तर प्रहरी प्रशासनसँग सम्बन्धित एकल अधिकार दिन संघ सरकार तयार छैन । त्यसैले हामीलाई काम समस्या भइरहेको छ,’ मुख्यमन्त्री यादवले भने, ‘यो विषयमा आन्दोलन, कानुनी प्रतिवाद र विभिन्न औपचारिक अनौपचारिक माध्यमबाट सरकारको नेतृत्वकर्तालाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाई भएन । त्यसैकारण यो पटक वारपारको लडाईं लड्ने गरी हामीले आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ ।’

    सरकारको ध्यानाकर्षणका लागि पहिलो चरणमा बिहीबार बिहान १०ः३० बजे आफूसहित प्रदेशका सबै मन्त्रीहरुले काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउने र ३० दिनभित्र माग पूरा नभए वारपारको आन्दोलन गर्ने सर्वदलीय समझदारी बनेको पनि मुख्यमन्त्री यादवले जानकारी दिए ।

    मुख्यमन्त्री यादवले भने, ‘संघीयता आयो, प्रदेश सरकार पनि बन्यो तर शासन गर्न अत्यावश्यक प्रहरी समायोजन, निजामती कर्मचारी ऐन, वन, शिक्षा, स्वास्थ्यलगायत महत्त्वपूर्ण अधिकार केन्द्रकै नियन्त्रणमा छ । पटकपटक आग्रह गर्दा पनि कुनै सरकारले पनि त्यसमा तदारुकता देखाएको छैन । त्यसैका विरुद्ध निकास निस्किने गरी अन्तिम लडाईं लड्छौँ ।’

    अघिल्लो कार्यकालमा गृहमन्त्रीले अनशन बस्ने, प्रदेश सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने र आफू नेतृत्वको सरकार बनेपछिसमेत प्रधानमन्त्रीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले आफूहरु झस्केको उनको भनाइ थियो ।

    त्यसैगरी प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले ३० दिनभित्र आफ्ना माग सुनुवाइ नगरिए जिल्लादेखि केन्द्रसम्म चरणबद्ध आन्दोलनमा उत्रिने तयारी भएको बताए ।

    ‘तपाईंहरूले मुख्यमन्त्रीबाट पनि सुनिसक्नुभयो । अब वारपारको लडाईं सुरु हुन्छ, कुनै पनि बहानामा अधिकार रोक्न र खोस्न पाइँदैन । त्यसैले तीस दिनभित्र माग सुनुवाइ नभएमा काठमाडौँ र प्रदेशका सबै जिल्लाबाट आन्दोलन गर्छौँ । यसमा सत्तारुढ सबै दल र प्रतिपक्षी नेकपा ९एमाले० को पनि एकमत छ,’ मन्त्री समिमले भने ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...