News Portal

  • ग्याँस लिक भई आगलागी, एक करोडको क्षती

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २३ कार्तिक २०८०
    २९१ पटक
    भक्तपुर, २३ कार्तिक २०८०

    ग्याँस लिक भई आगलागी हुँदा काभ्रेमा करिब एक करोड रुपैयाँ क्षती भएको छ । काभ्रेको बनेपा १३ पुरानो साँगामा बद्रिनाथ जोशीको ईट्टा र जस्ताले छाएको ३ तले घरको तेस्रो तल्लाको किचन कोठामा ग्यास लिग भई आगोलागि हुँदा उक्त क्षती भएको हो ।

    बिहीबार बिहान करिब पौने ११ बजे आगलागीको खबर प्राप्त हुनासाथ तत्काल स्थानीय प्रहरी चौकीबाट ७ जनाको टोलि आगो निभाउन खटिएको र जिल्ला प्रहरी कार्यालयका एसपीकै कमाण्डमा ३१ प्रहरी खटिएको जिप्रका काभ्रेका सूचना अधिकारी रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । बनेपा नगरपालिकाको दमकल, धुलिखेल नगरपालिकाको दमकल र भक्तपुरको जुद्ध बारुण यन्त्र कार्यालयको दमकल समेतको सहयोगमा स्थानीय, प्रहरी र सेनाको सक्रियतामा करिब २ घन्टामा आगो नियन्त्रणमा आएको थियो ।

    आगलागी बाट कुनै मानविय तथा चौपया क्षति नभएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...