News Portal

  • जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्वलाई जानकारी गराइने

    भक्तपुर पोष्ट संवाददाता १४ मंसिर २०८०
    २०२ पटक
    १४ मंसिर २०८०

    युएई । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयास बारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

    कोप-२८ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल जस्ता देशहरुले भोग्नु परेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने जानकारी दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा माग्नेका रुपमा नभएर अधिकारका रुपमा आफ्ना एजेण्डा राख्न तयारीका साथ आफू सम्मेलनमा सहभागी हुने स्पष्ट पारेका छन् ।

    संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोप २८ मा जलवायु परिवर्तनबाट नेपालललाई असर परेको असरको क्षतिपुर्तिको रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो गराउने गरी उठाउने बताए ।

    दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भैरहेको जानकारी दिए । विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने बताउदै प्रधानमन्त्री प्रचण्डले बिदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए ।

    त्यसबखत युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएइ र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्न सकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...