News Portal

  • भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ मंसिर २०८०
    ४३४ पटक
    भक्तपुर, १८ मंसिर २०८०

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो ।

    प्रेस सेन्टर ललितपुर शाखाको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख रुपैयाँ बराबरको १ सय थान ज्याकेट उपलब्ध गराइने निर्णय गरेको अध्यक्ष रामहरि कार्कीले जनाएका हुन् । “भूकम्पमा परेका पीडित पत्रकारलाई दुख पर्दा साथीहरु छन् भन्ने आत्मबल दिन सहयाेग गर्ने निर्णय गरेका हौँ ।” अध्यक्ष कार्कीले भने ।

    आफूहरुले मानवीय धर्म र साथीको कर्तब्य पालना गर्न खोजेको अध्यक्ष कार्कीको भनाइ छ । उनले उक्त सहयोग केन्द्रीय कार्यालयमार्फत उपलब्ध गराइने बताएका छन् । ”रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारलाई पुग्ने गरि प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत हामी न्यानाे ज्याकेट उपलब्ध गराउँछाैं ।” अध्यक्ष कार्कीले स्पष्ट पारे ।

    काेराेना महामारीको समयमा पनि प्रेस सेन्टर ललितपुरले पत्रकारहरुलाई सहयाेग पुग्ने गरि माक्स, सेनिटाइजर, प्रेस ज्याकेट, खाद्यान्न लगायतका सामग्रीहरु उपलब्ध गराएकाे र त्यसैगरी गत वर्ष न्यानो ज्याकेट समेत आफ्ना सदस्यहरुलाई उपलब्ध गराइएको स्मरण गर्दै शाखाका सचिव दिपक अर्यालले भने “यस पटक भूकम्प पिडीत साथीहरुलाई सहयोग गर्ने निर्णय गरेका छौं, संस्थागत रुपमा सहयाेग गर्दा आपतमा परेका साथीहरूलाई राहत पुग्ने विश्वास लिएका छौं ।”

    यसैबीच प्रेस सेन्टरको सोही बैठकले तत्कालीन राज्यपक्षबाट वेपत्ता पारिएका पत्रकार मिलन नेपालीकाे नाममा स्थापित यस बर्षकाे “मिलन नेपाली साहासिक पत्रकारिता पुरस्कार” प्रदान गर्नका लागि तीन सदस्यीय छनाैट समिति गठन इन्चार्ज सूर्य सुवेदीले अवगत गराएका छन् । समितिमा ललितपुर बार एशाेसिएसनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठकाे संयाेजकत्वमा तीन सदस्यीय समिति गठन भएको उनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...