News Portal

  • प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेर लिए उपप्रधान एवं गृह मन्त्री श्रेष्ठको स्वास्थ्य बारे जानकारी

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २० मंसिर २०८०
    १७० पटक
    भक्तपुर, २० मंसिर २०८०

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधवार बिहानै अस्पताल पुगेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    स्वास्थ्यमा समस्या भएपछि मंगलवार राती साढे ११ बजे  उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारीमा भर्ना गरि उपचार भैरहेको छ । डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसा (left Anterior Descending Coronary Artery) को एन्जिओप्लास्टी गरिएको र अहिले उनकाे स्वास्थ्य अबस्था सामान्य रहेको उनका स्वकीय सचिव बिजय गौतमले बताएका छन् ।

    यस अघि गत कात्तिकमा चीन भ्रमणका क्रममा एक्कासी मन्त्री श्रेष्ठमा मुटुको समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो । चीनमा left circumflex artery मा एन्जिओप्लास्टी गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...