News Portal

  • सालिग्राम चोरी गरेको अभियोगमा एक युवक पक्राउ

    भक्तपुर पोष्ट संवाददाता बर्दिया, २५ मंसिर २०८०
    ५०८ पटक
    बर्दिया, २५ मंसिर २०८०

    बर्दियाको ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्र पसी सालिग्राम चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका-९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...