News Portal

  • त्रिविले बनायो विश्व रेकर्ड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ पुस २०८०
    २७२ पटक
    भक्तपुर, २ पुस २०८०

    देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो ।

    यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए भने सबैभन्दा कम वन विज्ञानमा ३ सयले सो योग्यता हासिल गरेका थिए ।

    दीक्षित हुन योग्य मध्ये यस वर्ष १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । यो संख्या पनि सर्वाधिक भएपछि अफिसियल वर्ल्ड रेकर्डले त्रिभुवन विश्वविद्यालयलाई विश्व रेकर्डको प्रमाणपत्र दिएको छ ।

    त्रिविप्रति विद्यार्थीको बिश्वास कायम रहेको यो दरिलो प्रमाण भएको विश्वविद्यालयको भनाइ छ । यो वर्ष दीक्षान्त समारोह दशरथ रंगशालामा गरिएको थियो । विद्यार्थी  र उनका अभिभावक, आफन्त र साथीभाइको उपस्थितिले रंगशाला भरिएको थियो भने ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस परेको देखिन्थ्यो ।

    दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतको विशेष उपस्थिति रहेको थियो । दीक्षित हुन पाउँदा विद्यार्थीहरु दंग देखिन्थे ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...