News Portal

  • गणतन्त्रको विकल्प गणतन्त्र नै हो, नेता र पार्टीहरुको भने बिकल्प हुनसक्छ : पूर्वमन्त्री पुन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ७ पुस २०८०
    ३१४ पटक
    भक्तपुर, ७ पुस २०८०

    काठमाडौं, २ पुस २०८० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व मन्त्री वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु जायन नहुने बताएका छन् । गणतन्त्रको विकल्प गणतन्त्र, नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरुको विकल्प अझ राम्रो पार्टी हुने तर राजतन्त्र हुन नसक्ने उनले ठोकुवा गरेका हुन् ।

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को चन्द्रागिरी नगरपालिका २ मा शनिबार भएको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । नेताको आचरण र व्यवहारमा सुधार आएको छैन । ३ ओटा राष्ट्रपति भए र आचरण र व्यवहारमा प्रश्न उठाउँदै राजासँग दाँज्ने काम भयो । त्यसैले हामिले आचरण र व्यवहार सुधार गर्नुपर्छ । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन,’ उनले भने ।

    गणतन्त्र प्राप्तिपछि देशमा संघीयता, धर्मनिरपेक्षता, समावेशीता, सामाजिक न्याय जस्ता विषय स्थापित गरेको र अब आर्थिक समृद्धिको काम मात्र बाँकी रहेको उनले बताए ।

    आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामको प्रशंसा गर्दै उनले अरु सरकार र अन्य नेताले गर्न नसकेको सामाजिक सुरक्षा, सुशासन, राष्ट्रियता र समृद्धिका पक्षमा राम्रा काम भएको उल्लेख गर्दै उनले प्रचण्ड पार्टीको मात्र नभई देशकै अब्बल नेता भएको दावी गरे ।

    ‘अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, समृद्दिका क्षेत्रमा राम्रो काम गरेको छ । सुनकाण्ड विरुद्दको अभियान चलाएको छ । अरुले सुन पास गराईरहेका थिए । माओवादीको सरकारले समात्यो त के नराम्रो भयो ?’ उनले प्रश्न गरे ।

    ‘मध्यपहाडी राजमार्ग माओवादीले बनाएको हो । तर त्यसलाई पनि एमालेले दावी गरिरहेको छ । ९ ओटा लोकमार्ग बनाउने कुरा हाम्रो घोषणापत्रमा उल्लेख भएको छ । बाटो चौड पार्ने, लोडसेडि हटाउने काम माओवादीले गरेको हो ।

    सुन काण्डका विषयमा पनि हाम्रो पार्टीमाथि नेताहरुमाथि प्रश्न उठ्यो । जनताले प्रश्न उठाउँदैमा भाग्नु हुँदैन । हामीले जवाफ दिनुपर्दछ । हामीले छानविन समिति बनाऔं भनेका थियौं, पूर्वमन्त्री पुनले थपे, ‘हाम्रो पार्टी भ्रष्टाचार, कालाबजारीलाई संरक्षणा गर्दैन । तर पनि आरोप लगाउनेका विरुद्ध भने हामी जुध्नु पर्दछ । सम्बन्धीत निकायमा मुद्दा हाल्नु पर्दछ । यदि कसैले गल्ती गरेको छ भने उसको बचाउमा संगठन लाग्दैन । गल्ती गर्ने कसैलाई छोड्नु हुँदैन ।’

    गल्ती नगरे पनि प्रविधिको दुरुपयोग गरेर माओवादी विरुद्ध जनतालाई भ्रम पार्न खोज्नेप्रति भने सचेत हुनुपर्ने उनले बताए ।

    ‘पुस १० गते अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुग्दैछ । आफ्नो सचिवालय, मन्त्री, सल्लाहाकार फेर्छु तर पछि हट्दिन, देश र जनताको पक्षमा काम गर्छु भन्नुभएको छ । परिणाम निकाल्छु भन्नु भएको छ । पार्टीले उहाँलाई साथ दिएको छ’ सम्मेलनका सहभागिलाई प्रशिक्षण दिदै पुनले थपे ।

    चन्द्रागिरी २ माओवादी जनप्रतिनिधिले स्थानीय चुनावमा जितेको वडा हो । माओवादीको रुपान्तरण अभियानको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्ड सोही वडामा पुगेर कार्यक्रममा सहभागि भएका थिए । सम्मेलन र प्रशिक्षणमा उपमहासचिव पुन पुगेका हुन् ।

    नेता पुनले जनयुद्धकालको अन्तिम क्षणमा आफू मध्य कमाण्डको इन्चार्ज भएर आएको स्मरण गरे । जनआन्दोलन सफल बनाउन ७ दलीय सहमति अनुसार काठमाडौं वरपरका साँखु, दधिकोट र थानकोटमा आक्रमण गरेको खुलासा गरेका नेता पुनले जनआन्दोलनमा माओवादीले काभ्रे जिल्लाबाट मात्रै ९१ हजार ६ सय जना पठाएको बताए ।

    माओवादी कमजोर हुनुका कारण केलाएका नेता पुनले पार्टी विभाजन हुनु प्रमुख कारण भएको बताए । संविधानसभाको पहिलो चुनावमा जनताले दिएको जनमत अनुसारको काम गर्नु र त्यसलाई सम्मान गर्दै संविधान जारी गर्न नसक्नु पनि माओवादी कमजोर हुनुको कारण रहेको उनले बताएका छन् ।
    तर अहिले विगतको कमजोरी सुधार गर्दै माओवादीहरु एक हुने बाटोमा अघि बढिरहेको उनले जानकारी दिए । विगतका गल्तीहरु महसुस गरेर माओवादी धारहरुको एकताका लागि प्रयास भईरहेको उनले जानकारी दिएका छन् ।

    चन्द्रागिरी २ मा सुरेन्द्र तामाङको नेतृत्वमा माओवादीको २९ सदस्यीय समिति गठन भएको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई माओवादी सल्लाहकार मुकुन्द घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...