News Portal

  • ‘सापस कवितायात्रा’ र स्रष्टाघरको शिलान्यास सम्पन्न

    रमेश दाहाल
    १३६ पटक
    कार्यक्रममा प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती थापा, शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरतप्रसाद दुलाल, शैलुङ गाउँपालिका वडा ८ का पूर्व वडा अध्यक्ष रामेश्वर उप्रेती, वडा ६ का अध्यक्ष दीपक  बस्नेत, जेष्ठ नागरिक भवन, चरणावतीका अध्यक्ष गुणबहादुर बुढाथोकी, समाजसेवी केशव चौलागाईं, समाजसेवी नवीन शाही, शारदा मा. वि. का प्र अ. मानबहादुर तामाङ, चण्डीका मा. वि. का प्र. अ. ढालबहादुर थापा, शैलुङ्गेश्वर आदर्श मा. वि. का खेलबहादुर श्रेष्ठ, वडा सदस्यहरू क्षेत्रकुमारी कार्की, सुन्तली  वि. क., एसएस फाउण्डेशन दोलखाको संयोजक नवराज खड्का, चेम्बर अफ कमर्स दोलखाका उपाध्यक्ष पुरुषोत्तम ठकुरी, पत्रकारहरु गोकर्ण भण्डारी, जीवन लामा, पुष्पा थपलिया, हेम थपलिया, समाजसेवीहरू रुद्र थपलिया, सविना शेरचन, श्रीमती रुद्र थपलिया लगायत दोलखाका पत्रकार, समाजसेवी, स्थानीयबासीको बाक्लो  उपस्थिति रहेको थियो ।
    दोस्रो चरणमा सांस्कृतिक कार्यक्रममा बालकलाकार रन्जना थपलियाको नृत्य ,गायिका रितु कँडेल,गायक संगीतकार नरहरि प्रेमीको गीत र गायक नवीन पौडेलको गीतले शैलुङ् उचालिएको थियो । कार्यक्रममा दायित्वका सम्पादक रामप्रसाद पन्त र  पत्रकार पुष्पा थपलियाको सकृय सहभागीता रहेको थियो ।
    सर्जकहरूलाई देश दर्शन गराउन, मोफसल र केन्द्रका सर्जकबीच सम्बन्ध गराउन कविता यात्राको शुरुआत सापसले गरेको हो । यसपटकको शैलुङको यात्राको संस्मरण समेटेर किताब  समेत प्रकाशन गरिने कुरा सापसका अध्यक्ष राधेश्याम लेकालीले बताए ।
    कविता यात्रामा सहभागी साहित्यकारहरूले चरिकोट, चरणावती धाम, राम पाइला, सीता चुलो, बौद्ध छ्योर्तेन, मुक्तेश्वर पत्थर, भिमानीथान, फलाम पोखरी, जुरे ढुंगा,  महादेव, ढाड खोस्याउने ठाउँ, गाई ढुङा, घुडा दुख्दा दल्ने ढुङ्गा, बाघ ढुङा, गङ्गटो ढुङा, जोर धारा, बाघखोर, गङटो ढुङा, शैलेश्वर महादेव, धर्मद्वार, गोदावरी फूल्ने ठाउँ, दाईं गर्ने डाँडा, १०० थुम्का, ग्रेटबाल, टावर, भिमसेनको तरबार, विज्ञान पार्क, भिमानीथान आदि ठाउँको जानकारी र भ्रमण गरेका थिए। तामाकोशी, चरणावती, गोपी नदीको त्रिवेणी घाटमा पुगेर सर्जकहरूले जल सेचन गरी पुर्खालाई तर्पण गरेका थिए ।
    समाचार स्रोतः सापस कार्यालय
    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...