News Portal

  • पत्रकार कोइरालालाई पितृशोक

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २६ पुस २०८०
    ३०९ पटक
    भक्तपुर, २६ पुस २०८०

    नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं वेबटिभि खबरका सम्पादक अमन कोइरालालाई पितृशोक परेको छ । उनका पिता मेघराज कोइरालाको बिहीवार दिउँसो निधन भएको हो ।

    ७८ वर्षीय कोइराला सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । बिहीबार साँझ उनको पार्थिव शरीरलाई पशुपति स्थित आर्यघाट पुर्याई अन्त्येष्टि समेत गरिसकिएको बताइएको छ ।

    २००२ सालमा सिन्धुलीमा जन्मिएका मेघराज कोइराला आफ्नो जमानाका सुपरिचित अंग्रेजी शिक्षक र कुशल प्रधानाध्यापक हुन् । २०२६ सालमा दोलखाको भीम पब्लिक हाइस्कुलबाट शिक्षण सेवा शुरु गरेका उनी २०६५ मा सर्लाहीको शिशुकल्याण जनता माविबाट सेवा निवृत्त भएका थिए । लामो समय देशका बिभिन्न विद्यालयमा प्रधानाध्यापक रही शिक्षा क्षेत्रमा सेवा पुर्याएका उनलाई पञ्चायती व्यवस्थाको बिरोधी भनी तत्कालिन सरकारले २०२९ सालमा काठमाडौंको केन्द्रीय कारागारमा बन्दी समेत बनाएको थियो ।

    सेवा निवृत्त भएपछि सर्लाहीमै पिस जोन स्कूलको संस्थापक प्रधानाध्यापक रही उनले सेवा गरेका थिए । पछिल्लो समय काठमाडौंको काडाँघारीस्थित निवासमा बस्दै आएका कोइराला फोक्सो र मुटु रोगसंग लडिरहेका थिए ।

    उनका २ छोरा र २ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...