News Portal

  • खैरोहिरोईन बिक्रेता रहेको आरोपमा पनौतीबाट मानिस पक्राउ

    भक्तपुरपोस्ट संवाददाताकाभ्रे, १ चैत २०८०
    १५७ पटक
    काभ्रे, १ चैत २०८०

    खैरोहिरोईन जस्तो देखिने पदार्थ सहित पनौतीबाट एक मानिस पक्राउ परेका छन् । उनी लागू औषध  खैरोहिरोईन कारोबारी भएको अभियोगमा पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा नकुलप्रसाद तिमिल्सिना रहेका छन् ।लागूऔषध ब्यूरोमा लागु औषध खैरो हेरोईन सहित पक्राउमा परेका मनोज जोसिले सोधपुछका क्रममा आफ्नो साथबाट बरामद भएको लागु औषध खैरो हेरोईन काभ्रेपलाञ्चोक पनाैति न.पा. वडा न-५ बस्ने नकुल प्रसाद तिमिल्सिना सँग खरिद गरी ल्याएको  बताए पछि पक्राउ गरिएको काभ्रे प्रहरीका सूचना अधिकारी रहेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी गराए ।

    बुधबार दिउँसो करिब ३ बजेको समयमा लागूऔषध ब्यूरोबाट खटिएको प्रहरी टोली, जि.प्र.का. काभ्रेपलाञ्चोक र ई.प्र.का. बनेपाबाट संयुक्तरूपमा खटि गएको प्रहरी टोलीले खानतलासी गर्दा तिमिल्सिनाको घरमा फ्रिज भित्र लुकाई छिपाई राखेको अन्दाजी ३८ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी प्रमाणसहित पक्राउ गरिएको प्रहरीले प्रष्ट पारेको छ ।

    उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ई.प्र.का. बनेपामा राखिएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...