News Portal

  • बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    भक्तपुर पोष्ट संवाददाता सिन्धुली, १३ बैशाख २०८१
    ४१२ पटक
    सिन्धुली, १३ बैशाख २०८१

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा सार्वजनिक सभाको आयोजना गरी प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको बताएका छन् ।

    नेपाल तामाङ घेदुङको आयोजनामा सिन्धुलीको मरिणमा सञ्चालित ३ दिने तामाङ मातृभाषा शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन गर्दै बिहीवार मन्त्री श्रेष्ठले सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी बारे बताएका हुन् ।

    मन्त्री श्रेष्ठले वैशाख २४ गतेदेखि नै बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयलगायत प्रदेश मातहतका सबै कार्यालयहरूमा साइनबोर्ड र लेटर हेड ३ भाषा, ३ लिपिमा लेखिने बताए का छन् ।नेपाली, तामाङ र नेपाल भाषा गरी ३ भाषा ३ वटा लिपिमा लेखिने उनले बताएका हुन् । उनले बागमती प्रदेश सरकारको सो निर्णय स्थानीय तहलाई पनि कार्यान्वयन गराउन निर्देशन दिइने बताए ।

    मन्त्री श्रेष्ठले तुरुन्तै नियमावली बनाएर यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विज्ञ समूह गठन गर्ने पनि बताए । उनले राष्ट्रभाषा विकास प्रतिष्ठान गठन गर्ने खुलासा गरे । त्यस्तै भाषा अनुवादकहरूको व्यवस्था गरी सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई तामाङ र नेपाल भाषामा सेवा उपलब्ध गराउने तथा सरकारी कामकाजको भाषामा दस्तावेजीकरण र अभिलेखिकरण गर्ने व्यवस्था मिलाइने उनको भनाइ छ । उनले प्रदेश राजपत्रलाई तामाङ र नेपाल भाषामा पनि प्रकाशन गर्ने प्रष्ट पारे ।

    मन्त्री श्रेष्ठले शिक्षा, सञ्चार, साहित्य र कलामार्फत सरकारी कामकाजको भाषाको विकास गर्ने उल्लेख गरे । कामकाजका भाषा मात्र नभई बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुनेगरी प्रदेश सरकार अघि बढेको उनले दावी गरेका छन् ।

    मन्त्री श्रेष्ठले एकात्मक नश्लीय राज्यले खोसेको आदिवासी जनजातिको मातृभाषा सङ्घीयताले फिर्ता गरेको बताए । उनले सङ्घीयताको बिरोध गर्ने र प्रदेशको खारेजी गर्नुपर्छ भन्नेहरूलाई बागमती प्रदेश सरकारले गरेको यस कामलाई हेर्न चुनौती दिए । मन्त्री श्रेष्ठले सङ्घीयता नेपालको ऐतिहासिक आवश्यकता भएकाले कसैले सङ्घीयताको बिरोध गर्दैमा एकात्मक राज्य नफर्किने दाबी पनि गरे ।

    मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गरेको बैशाख २४ गतेको दिनलाई उत्सवको रूपमा मनाउन प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको पनि जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...