News Portal

  • सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    प्रेमनाथ पौडेल, सर्लाही सर्लाही, ४ जेठ २०८१
    १६८ पटक
    सर्लाही, ४ जेठ २०८१

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार सम्पन्न ९ औं अधिवेशनबाट उनी पुन पदमा अध्यक्ष निर्वाचित भएका हुन्।

    प्रतिद्वन्दीलाई १२ मत ले पछि पार्दै राजनारायण अध्यक्ष पदमा निर्बाचित भएका निर्वाचन कमिटीले जनाएको हो । उनले २ सय ८० मत ल्याई बिजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी हरिवन नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका नेता प्रमुख गणेश प्रसाई २ सय ६८ मत प्राप्त गरे पनि पराजय भोग्न बाध्य हुनुपर्यो । त्यस्तै अर्का प्रत्यासि जय प्रकाश चौधरीले २० मतमै चित्त बुझाउनुपरेको बताइएको छ ।

    गत बैशाख ३० गते अधिबेशनको उदघाटन सत्र सम्पन्न भएपनि पदाधिकारी चयनको लागि सहमतिको प्रयासले गर्दा नेतृत्व चयन अड्किन पुगेको थियो । सहमती जुट्न नसके पछि बुधबार निर्वाचन मार्फत पदाधिकारी चयनको लागी मतदान गरिएको थियो ।

    बिहीबार सम्पन्न मतगणना अनुसार अध्यक्षमा राजनारायण साहले बाजी मार्दा उपाध्यक्ष पदमा बिदुर कुमार प्याकुरेल बिजयी बनेका छन् । प्याकुरेलले २ सय ६२ मत ल्याई बिजयी हुँदा उनका प्रतिद्वन्दी पार्वती निकले १ सय ७१ र प्रकाश थापाले १सय २ १मत पाए ।

    यस्तै सचिव पदमा डिल्लि प्रसाद अधिकारी ले १ सय ७७ मत सहित विजय प्र्राप्त गर्दा उनका प्रतिद्वन्दी बलराम पोख्रेलले १सय ३९, सुनिल श्रेष्ठले १ सय ३१ र चुडामणि वाग्लेले ८६ मत मात्रै पाउन सफल भए ।

    यसै गरि उप सचिब महिला तर्फ ईश्वरपुर नगरपालिकाकी पूर्व नगर उप प्रमु यकावती चौधरीलाई ५ मतले पछि पार्दै बागमतीकी बिभा नेपाल २ सय ६३ मत सहित बिजयी भएकी छन् ।
    यस्तै गरि खुल्ला उप सचिबमा २ सय ७७ मत सहित बलराम एस्मालि बिजयी भएका छन , उनका प्रतिद्वन्द्वीमा मोहन भण्डारीले १ सय २, अजय सिंहले १ सय १, सन्तोष आचार्यले ७१, लक्ष्मण साह कलुवारले १८ र संजीव सिंहले १७ मतमै चित्त बुझाउनुपर्यो ।

    यसै गरि लेखा समिति संयोजकमा १ मतले उत्तम परियारलाई पछि पार्दै रमेश चौलागाई निर्बाचित भएका छन । उनले १ सय ६३ मत प्राप्त गरेका हुन । सो पदमा माधवप्रसाद सुवेदीले १सय ५१ मत सहित तेस्रो हुनुपर्यो ,।
    यसैगरि लेखा समिति सचिवमा हरिवन नगरपालिकाकी पूर्व उप प्रमुख रेनुका कुमारी पौडेल २ सय ५२ मत सहित बिजयी भएकी छन् भने विनय कुमार साहले १ सय २८ र लक्ष्मी दाहालले ८८ मत मात्रै पाउन सफल भएको निर्बाचन समिति संयोजक रमेश न्यौपानेले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...