News Portal

  • कार्यकक्षबाटै समातिए दुई सव-इन्जिनियर

    भक्तपुर पोष्ट संवाददाता काठमाडौं, १८ जेठ २०८१
    २७७ पटक
    काठमाडौं, १८ जेठ २०८१

    पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका हुन् ।

    उनीहरूले सेवाग्राहीसँग १७ हजार घुस लिएपछि अख्तियारको टोलीले पक्राउ गरेको थियो । मन्दिर निर्माणको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिन भन्दै उनीहरूले घुस लिएको अख्तियारले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...