News Portal

  • मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    भक्तपुरपोस्ट संवाददातासर्लाही, १ असार २०८१
    ३१० पटक
    सर्लाही, १ असार २०८१

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन् ।

    नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सांसद बनेका महतो बिभिन्न दल हुँदै हाल राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक रहेका छन् । शनिवार सर्लाहीको लालबन्दीमा चुरे शिवालिक बिशेष व्युरोले आयोजना गरेको मधेसी पहाडी एकता सभालाई सम्बोधन गर्दै उनले देश एकल जातीय चिन्तनले पछाडी परेको भन्दै चिन्ता व्यक्त गरे ।

    ‘देश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन।’ उनले भने । मधेसी र पहाडीलाई एक आपसमा लडाएर देशलाई बर्बाद गर्न खोजिएको समेत उनले खुलासा गरेका छन् ।मधेसी र पहाडी देशको एकै हैसियतको नागरिक भएपनि मधेसीलाई विदेशी भनेर फरक व्यवहार गरिएको उनको आरोप छ ।’नेपाल बनेपछि जातजाति आएको होइन, सबैको योगदानले नेपाल बनेको हो ।’ उनले भने ।

    सबै जातजाति, भाषा, धर्म र संस्कृतीको नेपाल सुन्दर फूलबारी भएको भन्दै उनले एकल जातीय र क्षेत्रीय चिन्तन त्याग्न पर्ने आवश्यकता औल्याए

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...