News Portal

  • काठमाडौंमा चीनका ३१ विश्वविद्यालयको प्रदर्शनी हुने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २ ासार २०८१
    ४१४ पटक
    भक्तपुर, २ ासार २०८१

    छिमेकी मित्रराष्ट्र चीनका ३१ विश्वविद्यालय र कलेजले काठमाडौंमा शैक्षिक प्रदर्शनी गर्ने भएका छन् । नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक परिषदको आयोजनामा सो प्रदर्शनी हुने भएको हो ।

    आइतवार राजधानीमा एक पत्रकार सम्मेलन मार्फत परिषद्का अध्यक्ष डा हरिश्चन्द्र साहले विश्वमै अब्बल ठहरिएका ३१ चिनियाँ विश्वविद्यालयको स्टल रहने गरी शैक्षिक प्रदर्शनी गर्न लागिएको जानकारी गराएका हुन् । आउँदो मंगलवार (असार ४ गते)
    काठमाडौंको बौद्धस्थित होटल हायातमा एक दिने उच्च शैक्षिक प्रदर्शनी हुने उनले बताए । शैक्षिक प्रदर्शनीमा इञ्जिनियरिङ्ग, चिकित्सा शास्त्र, भाषा, संस्कृती,बाणिज्य, बिज्ञान,प्रविधि, उड्डयन, खेलकुद, कृषि र औषधि जस्ता विषय अध्ययन गर्न चीन जाने चाहना बनाएका विद्यार्थीहरुलाई अवसर, छात्रवृत्ति र काउन्सिलिङ्ग हुने बताइएको छ ।

    सो प्रदर्शनी चीनको उच्च शिक्षाबारे बुझ्नखोज्नेलाई पनि एउटा उत्तम अवसर हुनसक्ने आयोजकले विश्वास व्यक्त गरेको छ । मंगलवार बिहान ९:३० बजे उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदुत छन् सोङ ले संयुक्त रुपमा उद्घाटन गरेपछि प्रदर्शनी शुरु हुने र सो प्रदर्शनी दिनभर चल्ने जानकारी गराइएको छ । प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकको भनाइ छ ।

    उक्त अवसरमा बरिष्ठ पत्रकार किसोर श्रेष्ठले युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता देशमा पढ्न जाने नेपाली विद्यार्थी उतै पलायन हुने प्रवित्ति रहेको र त्यसले खरबौं नेपाली सम्पत्ती बाहिरिरहेको जानकारी गराउंदै चीन पढ्न जाने विद्यार्थी भने अध्ययन सकेर स्वदेश फर्कने अध्यधिक सम्भावना हुने चर्चा गरे ।

    कार्यक्रमका नेपालस्थित चिनियाँ राजदुतावासका अधिकारीले प्रदर्शनीबाट नेपाली विद्यार्थी र अभिभावकले चीनको उच्चस्तरको शैक्षिक अवस्थाबारे जानकारी पाउने र उनीहरु लाभान्वित हुने बिश्वास व्यक्त गरेका छन ।

    कार्यक्रम प्रस्तोता एवं फ्रेन्डशीप फोरम फर नेप्लिज जर्नालिस्टका अध्यक्ष रमेश हतुवालीका अनुसार चीन १ सय ६० देशका ५ लाख बढी विद्यार्थीको शैक्षिक गन्तब्य बनिसकेको छ भने चीनको शिक्षाबाट दीक्षित भएका हजारौं जनशक्तिले नेपालमा पनि सेवा पुर्याइरहेका छन् । सो अवसरमा हतुवालीले चीन सरकारले नेपाली विद्यार्थीलाई बिबिध बिषयमा वर्षेनी २ सय भन्दा बढी छात्रवृत्ति उपलब्ध गराइरहेको जानकारी गराए ।

    पत्रकार सम्मेलनमा वरिष्ठ सम्पादक युवराज घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउने लगायत ३० बढी पत्रकारको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...