News Portal

  • ओलीको सपना चकनाचुर पार्ने प्रचण्ड प्रयास

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २६ ासार २०८१
    १९३ पटक
    भक्तपुर, २६ ासार २०८१

    नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदसंग आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले साे निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने समेत माओवादी केन्द्रले निष्कर्ष निकालेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले सो निष्कर्ष निकालेको सहभागी एक सांसदले बताएका छन् ।

    संविधानको धारा ७६(३) मा बहालवाला मिलिजुली सरकारका प्रधानमन्त्रीले बिश्वासको मत प्राप्त गर्न नसके संसदको प्रमुख दलको नेतृत्वमा सरकार बन्ने व्यवस्था रहेको छ । त्यसो भयो भने सत्तारुढ गठबन्धन लाई धोका दिएर प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको सपना चकनाचुर हुनेछ । धोका दिने ओलीलाई सजिलै प्रधानमन्त्री बन्न दिने प्रयासमा प्रधानमन्त्री प्रचण्ड रहेका देखिन्छन् ।

    बैठकको निर्णयबारे जानकारी दिदै प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल बारे जानकारी गराएको बताए । प्रचण्डले बैठकमा कांग्रेससँग सहमति भइसकेपछि पनि मिलेर जानुपर्छ भन्दै ओलीले झुट बोलेकाे बताएका पाण्डेले जानकारी दिएका छन् ।

    प्रचण्डले बैठकमा ओलीले ‘स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने’ भनेपछि आफु ढुक्क भएको बताउदै पछि काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुरा गर्दा त्यसअघि नै सम्झौता भइसकेको थाहा भएको बताएका थिए ।

    उनले ओलीलाई आफुले चिनेको भएपनि अहिलेसम्म धेरै हण्डर ठक्कर खाएकोले सुधार भएकी भनेर विश्वास गरेको तर अब सबै भ्रम टुटेको उल्लेख गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...