News Portal

  • पहिरोमा पुरिए २ रात्री बस

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २८ असार २०८१
    २९० पटक
    भक्तपुर, २८ असार २०८१

    गएराति पहिरोमा परी २ वटा यात्रुबाहक बस पुरिएका छन् । मुङ्लिन-नारायणगढ सडक खण्डमा पहिरो खस्दा बस पुरिएका हुन् ।

    सिमताल भन्ने स्थानमा पहिरोले बस पुरिएको हो । वीरगञ्जबाट काठमाडौ आउँदैगरेको एक बस र अर्को गौर तर्फ जाँदै गरेको बस पुरिएको बताइएको छ ।

    चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको एञ्जल बस पहिलोमा पुरिएका र लेदो सहित बगेको पहिरोले गर्दा बस त्रिशूलीमा खसेका छन् ।

    गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ आउँदै गरेको बसमा २४ जना सवार रहेका प्रजिअ यादवले बताए । उद्धार शुरु गरिएको उनको भनाइ छ । थप विवरण आउन बाकी छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...