News Portal

  • राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले एकता- रमेश लेखक

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २८ असार २०८१
    २२८ पटक
    भक्तपुर, २८ असार २०८१

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि काँग्रेक एमाले एक भएका भनेका छन् ।

    प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि काँग्रेक एमाले एक भएका भनेका हुन् ।

    उनले सरकारमा बसेर फाइल खोल्छु भनेर स्टन्ट मात्र गरिएको तर, सुशासन कायम गर्न नसकेको बताए । नयाँ सरकारले सुशासन दिने काम गर्न नयाँ सहमति गरिएको उनले बताए ।

    लेखकले संविधान प्रारम्भ भएको आठ बर्षभन्दा बढी समय भएको बताउदै संबिधान प्रारम्भ भए पश्चात यसका राम्रा र नराम्रा पक्ष हेरेर नराम्रा विषयलाई सुधार गर्ने भनेको बताए । उनले अग्रमनका लागि संविधान संशोधन गर्ने स्पष्ट गरे ।

    लेखकले नेपालको राजनीतिमा कांग्रेस रहेसम्म समावेशिता कमजोर नहुने दावी गर्दै त्यसमा आशंका व्यक्त नगर्न आग्रह गरे । उनले संविधान छुनै नहुने विषय नभएको उल्लेख गर्दै लेखकले संविधानमा नै १० बर्षमा पुरावलोकन गर्ने विषय उल्लेख रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...