नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको उक्त पदमा घिमिरेलाई नियुक्त गरिएको हो । सभापति शेरबहादुर देउवाले घिमिरेलाई संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
कांग्रेसको सचेतकमा भने सांसद सुशिला थिङ रहेकी छन् ।