News Portal

  • मस्कोमा ब्रिक्स म्युनिसिपल फोरमको सम्मेलन सम्पन्न, १५ नेपाली सहभागी

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ भदौ २०८१
    ३०४ पटक
    भक्तपुर, १३ भदौ २०८१

    छैठौं ब्रिक्स इन्टरनेशनल म्युनिसिपल फोरमको सम्मेलन रुसको राजधानी मस्कोमा सम्पन्न भएको छ । म्युनिसिपल फोरममा नेपालका तर्फबाट फोरमका सद्भभावना दुत प्रदिप खत्रीको नेतृत्वमा १५ जना नेपालीले सहभागीता जनाएका छन् ।

    फोरममा नेपालको तर्फबाट अतिथीको रुपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं योङ कम्युनिस्ट लिग (वाईसिएल,नेपाल) का केन्द्रीय ईन्चार्ज रामप्रसाद सापकोटा दिपशिखासहित राष्ट्रका लागि २ घण्टा अभियानका अध्यक्ष मधु ढुङ्गेल, उपाध्यक्ष नरेश रंजित, बागमती प्रदेश युवा परिषद्का कार्यकारी बोर्ड सदस्य राजु कुटुको सहभागिता रहेको थियो । त्यस्तै सिई क्रन्ट्रक्सनका प्रतिनिधि सुदर्शन बिष्ट, कार्ग्रो ब्यवसायी राम घिमिरे,  ब्यवसायी बेद खरेल, डिकेन कुटु, रात्रिकालीन व्यवसायी संघका बरिष्ट उपाध्यक्ष दिनेश थापा, लगायतको  समेत सहभागिता रहेको फोरमका सद्भभावना दुत प्रदिप खत्रीले जनाएका छन् ।

    कार्यक्रमा सहभागी हुन नेपाली प्रतिनिधिहरु अगस्त २० मा रसिया पुगेको थिए ।

    कार्यक्रममा वातावरणीय समस्याहरू, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य सेवा, संस्कृति र पर्यटन लगायतका समस्या र सम्भावनाका विषय उठान भएका बताइएको छ । सम्मेलनले यी क्षेत्रमा बिबिध निर्णयहरु पनि गरेको छ ।

    सो अवसरमा सहभागी भएर राष्ट्रका लागि २ घण्टा अभियानका बारेमा बिभिन्न देशका प्रतिनिधिलाई जानकारी गराइएको अभियानका अध्यक्ष मधु ढुङ्गेलले बताएका छन् । अन्तरास्ट्रिय फोरमहरु अभियानबारे जानकारी गराउने अवसरको रुपमा प्रयोग गरिएको उनले प्रष्ट पारे ।

    फोरममा सहभागी हुँदा बिविध विषयको ज्ञान बढेको बताउदै उपाध्यक्ष रंजितले विश्वले सोच्ने तरीका बारे थाहा भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक...

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...