News Portal

  • सरकारले चौथोलाई रोजेपछि मुख्य सचिवका पहिलो दावेदार ज्ञवालीले दिए राजीनामा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १४ भदौ २०८१
    २६५ पटक
    भक्तपुर, १४ भदौ २०८१

    मुख्य सचिवको पहिलो दावेदार रहेका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । सरकारको पहिलो बरियतामा रहेका सचिव ज्ञवालीले राजीनामा दिएका हुन् ।

    राष्ट्रिय योजना आयोगका सचिव ज्ञवालीले दिएको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत समेत गरेको छ ।
    सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ भएपनि मुख्यसचिवको दौडमा सरकारले उनलाई पत्याएन । २२ भदौमा अवकाशमा जाँदै गरेका ज्ञवालीले राजीनामा गरेका हुन ।

    मुख्य सचिव बन्ने सूचीमा पहिलो नम्बरका ज्ञवाली मात्र होइन, दोश्रो नम्बरका रामकृष्ण सुवेदी र तेस्रो नम्बरका दिनेश भट्टराईलाई पन्छाएर सरकारले चौथो नम्बरको एक नारायण अर्याललाई रोजेको छ ।

    गृह सचिव रहेका अर्याल सचिवहरुको वरियतामा चौथो नम्बरमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको एक नम्बर रोजाइमा परे संगै मन्त्री परिषदले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...