News Portal

  • पत्रकार शर्मालाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ भदौ २०८१
    ३६८ पटक
    भक्तपुर, १६ भदौ २०८१

    प्रेस सेन्टरका नेता, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं समाचार दैनिक अनलाइनका सम्पादक बविन शर्मा (बासुदेव शर्मा) लाई पितृशोक परेको छ ।

    उनका पिता लिलाध्वज स्वारको ८१ वर्षको उमेरमा गएराति निधन भएको हो । स्वार कान्तिपुर टेलिभिजनकी समाचार प्रमुख रजनी तामाङका ससुराबुवा समेत हुन् ।

    भक्तपुरको चाँगुनारायण-२ स्थित निवासमा स्वारको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । स्पाइनल इन्जुरीका कारण उनी २ वर्षदेखि हिंडडुल गर्न सक्दैनथे । पछिल्लो समय उनलाई निमोनिया भएको थियो ।

    सिन्धुपाल्चोक स्थायी घर भएका स्वार पुराना कम्युनिस्ट नेता समेत हुन् । उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रका नेता एवं चौतारा सागाचोक गढीका मेयर कृष्ण प्रसाद सापकोटा देशबन्धूले कम्युनिस्ट पार्टीको झण्डा ओडाई सम्मान प्रदान गरेका छन् ।

    उनलाई अन्तिम श्रद्धाञ्जली दिन (माओवादी केन्द्र)का केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य द्वय माधव सापकोटा सुवोध र सूर्यमान दोङ लालध्वज त्यसैगरी बिष्णु सापकोटा जुगल, डिपी ढकाल लगायत केन्द्रीय सदस्यहरु र बागमती प्रदेश सभा सदस्य समेत रहेका माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री सहित नेताकार्यकर्ता आर्यघाट पुगेका थिए ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल लगायत धेरै पत्रकारहरु अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित रहेका थिए ।

    स्वारका २ छोरा र ३ छोरी छन् । पत्रकार बबिन उनका जेठो छोरा हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...