News Portal

  • सरकारका प्रवक्ताले नै आइजीपीको जिब्रो थुत्ने कुरा गरेपछि अप्ठ्यारोमा ओली

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १८ भदौ २०८१
    ११३ पटक
    भक्तपुर, १८ भदौ २०८१

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङलाईलाई सचेत गराएका छन् ।

    मन्त्री गुरुङले गत शनिबार पोखरामा दिएको अभिव्यक्तिलाई लिएर सार्बजनिक रुपमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले सचेत गराएका हुन् ।

    शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।

    मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए । मन्त्रीले बोल्दा सरकारलाई अप्ठ्यारो परेको उनले बताए । मन्त्री गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै आफूलाई प्रधानमन्त्री ओलीले सचेत गराएको स्पष्ट गरेका हुन् ।

    उनले भने- मेरो मन्त्रालयको र केही राजनीतिक घटनाक्रमबारे पनि जानकारी गराउनुपर्ने थियो । गराएँ । त्यही क्रममा प्रधानमन्त्रीले पोखरामा बोलेको बिषयको सन्दर्भबारे सोध्नुभयो । मैले जानकारी गराए ।’

    भाषा प्रयोग गर्दा सचेत हुनुपर्ने आफुले पनि महसुस गरेको मन्त्री गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...