News Portal

  • सेन्ट्रल कलेज सिनामंगलमा तीज विशेष कार्यक्रम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ भदौ २०८१
    ५९९ पटक
    भक्तपुर, १९ भदौ २०८१

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले हरितालिका तीजको पूर्वसन्ध्यामा विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजको दुई दिन अघि बुधवार कलेजमा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।

    कलेज अध्यापक र विद्यार्थी सम्मिलित सो कार्यक्रम मनोरन्जनको माध्यम मात्र नभई नेपाली मौलिक पर्वको संरक्षण र संवर्द्धनमा समेत सहयोगी हुने सेन्ट्रल कलेजले जनाएको छ । यसका लागि इभेन्ट क्लव नै बनाएर कलेजले काम गरिरहेको बताइएको छ ।

    कलेजका सहायक प्राचार्य गणेश बुढाथोकीले यस्ता कार्यक्रमले विद्यार्थी र कलेजबीच अपनत्व, प्रेम र लगाव बढ्ने बिश्वास व्यक्त गरेका छन् । त्यसैगरी कलेजले सबै पर्वहरुलाई समान महत्वका साथ् मनाउदै आएको बताउदै कलेजका प्राचार्य पारस श्रेष्ठले यसले विद्यार्थी वर्गलाई धार्मिक सहिष्णुता र सह अस्तित्वको पाठ समेत सिकाउने दावी गरे ।

    सो अवसरमा विद्यार्थीहरुले तीजसंग सम्बन्धित सास्कृतिक प्रतिभा प्रस्तुत गरेका थिए भने तीजको महत्व र विशेषताबारे काउन्सिलर विनोद कुमार अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रममा तीजको मौलिकतालाई मास्न नहुने आवश्यकता औल्याउदै पछिल्लो समय देखा परेका बिकृती र विसंगती बिरुद्ध शिक्षक तथा विद्यार्थीले समाजमा सचेतना फैलाउनुपर्नेमा जोड दिइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...