News Portal

  • मेयर्स फोरमको यस्तो माग

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ भदौ २०८१
    २३८ पटक
    भक्तपुर, २४ भदौ २०८१

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन जान केन्द्रीय सरकारसँग माग गरेको छ ।

    कागेश्वरी मनोहरा नगरपालिकास्थित गोकर्णमा आइतवार बसेको बैठकले हाल प्रचलित मापदण्डमा २० मिटर थप गर्दा हजारौं सर्वसाधारणलाई मार पर्ने निष्कर्ष निकाल्दै उक्त फैसला पुनरावलोकनमा जान माग गरेको हो ।

    सर्वोच्च अदालतले बागमती र उपत्यकाका अन्य नदी किनारामा बसेकाहरुलाई अन्यत्र स्थानान्तरण गर्न गत पुस ३ गते आदेश दिएको थियो । उक्त आदेशको पूर्णपाठले नदी किनारमा २० मिटर छाड्ने मापदण्ड अनुचित भएकाले थप २० मिटर बढाउन पनि आदेश दिएको थियो ।

    फोरमको बैठकले जनभावना विपरीत सर्वोच्च अदालतले गत पुस ३ गते गरेको निर्णयको विरुद्ध पुनरावलोकनमा जान संघीय सरकारसँग जोडदार माग गर्ने निर्णय गरेकोे फोरमका सहसचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
    सर्वोच्चको फैसलाप्रति काठमाडौं उपत्यका मेयर्स फोरमले पनि ध्यानाकर्षण भएको जनाउँदैं उनले विगतमा नेपाल सरकारले नै निर्धारण गरेको मापदण्डका आधारमा जमिनको कित्ताकाट, खरिदबिक्री, स्वामित्व हस्तान्तरण भइरहेकोमा हाल अदालतलको फैसलाले आजीवन संघर्ष गरी कमाएको सम्पत्तिबाट बिमुख हुनुपर्ने स्थिति आएको बताए ।

    ‘उक्त फैसला पुनरावलोकन गर्न अति आवश्यक भएकाले काठमाडौं उपत्यका मेयर्स फोरम उक्त पैसला पुनरावलोकनका लागि नेपाल सरकारसँग जोड्दार माग गर्दछ’, फोरमको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ ।

    बैठकमा मेयर फोरमका १८ वटा पालिकामा काठमाडौँ महानगर पालिका प्रमुख बालेन शाह र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति अनुपस्थित थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...