News Portal

  • प्रधान न्यायाधीशमा राउतको नाम अनुमोदन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १६ असोज २०८१
    ८० पटक
    भक्तपुर, १६ असोज २०८१

    प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो।

    संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम सिफारिस गरेको थियो ।बुधबार समितिले राउतको सुनुवाई गरेको थियो। समितिमा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै आफूविरुद्ध परेका उजुरीको खण्डन गरेका थिए ।

    बहालवाला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल यही शनिबार सकिँदैछ । अब समितिले अनुमोदन गरेका प्रधानन्यायाधीश राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...