News Portal

  • बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप, दर्जन नेता-कार्यकर्ता घाइते (भिडियोसहित)

    इमान्दार संवाददाताकाठमाडौँ ।
    १२०६ पटक
    काठमाडौँ ।

    निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ ।

    सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला लगायत दर्जनौं बिद्यार्थी नेता कार्यकर्ता घाइते भएको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

    आक्रोशित बिद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र इन्धनमा गरिएको मूल्यबृद्धि बिरुद्ध चर्का नारा लगाइरहेका छन् । सरकारले हिजोमात्र पेट्रोलियन पदार्थ र खाना पकाउने ग्यासमा मूल्यबृद्धि गर्ने निर्णय गरेको थियो ।

    सचिव लामिछानेले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्पक्षेपको बिरोध गर्दै आन्दोलन अझै शशक्त बनाइने बताए ।

    आन्दोलन र झडपपछि त्रिचन्द्र क्याम्सप आसपास घण्टाघर, रत्नपार्क, भोटाहिटी, जमल क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...