News Portal

  • बाबुरामलाई नयाँशक्ति नेताहरुको दवाव: एकताको निर्णय नगरे अलग ढंगले सोच्नुपर्छ

    इमान्दार संवाददातापोखरा ।
    २२०९ पटक
    पोखरा ।

    पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने आवाज उठेको छ । पुस १७ गतेबाट सुरु भएको बैठकमा बोल्ने अधिकांश नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनीहरुले वाम गठबन्धनबाट बाहिरने निर्णय गलत भएको धारणा समेत राखेका छन् ।

    बैठकमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय नगरे आफूहरुले अलग ढंगले सोच्ने बताए । संयोजक बाबुराम भट्टराईलाई पार्टी एकताको लागि प्रचण्डसँग छलफल अगाडि बढाउन बैठकमा बोल्ने अधिकांश नेताहरुले दबाब दिएका छन् ।

    चुनावको अगाडि भएको वाम गठबन्धबाट बाहिरिएसँगै नयाँ शक्तिमा दुई धार देखिएको थियो । अधिकांश नेताहरुले वामपन्थीसँग चुनावी तालमेल गर्नुपर्ने बताउँदै आएको थियो । गठबन्धनबाट भट्टराई पछी हटेपछि नयाँ शक्तिका नेता र उम्मेदवारहरुले पार्टी परित्याग गर्दै माओवादी केन्द्र र एमालेमा प्रवेश गरेका थिए ।

    पहिलो चरणको चुनाव लगत्तै केन्द्रीय सचिवालय सदस्य डा. जनकराज शाहले कैलाली पुगेर वाम गठबन्धसँग सहकार्य गर्नुपर्ने बताएका थिए । उनले पहिलो चरणमा मात्रै काँग्रेस तालमेल भएको भन्दै नयाँ शक्तिका सबै नेता कार्यकताहरुलाई माओवादी केन्द्रलाई मतदान गर्न आह्वान समेत गरेका थिए ।

    संयोजक डा. भट्टराईले उठाउँदै आएको आर्थिक समृद्धिको नारा ठिक भएको तर उनको नेतृत्व क्षमताका कारण सम्भव नभएको नयाँ शक्तिका नेताहरुले बताउँदै आएका छन् । त्यो बहस केन्द्रीय समिति बैठकमा पनि उठाइएको छ । “बाबुरामले उठाएको आर्थिक समृद्धिको नारा ठिक छ तर उहाँको नेतृत्वमा त्यो सम्भव छैन, त्यो नारा पूरा हुन माओवादीसँग एकता नै अनिवार्य छ” एक नेताले बताए ।

    वाम ध्रुबिकरणको विपक्षमा गएको भन्दै चुनाव अगाडि संगठन विभाग प्रमु्ख देवेन्द्र पौडेलको नेतृत्वमा हजारौं नेता–कार्यकर्ता माओवादी केन्द्रसँग ध्रुविकरण भएका थिए ।

    जारी बैठकले पार्टी एकताको लागि ठोस निर्णय नगरे फेरि त्यही स्थतरको विभाजन हुने स्रोतको दाबी छ । देशभरबाट कार्यकर्ताको दवावपछि डा. भट्टराईले केही दिन पहिलेमात्रै माके अध्यक्ष प्रचण्डलाई भेटेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...