News Portal

  • चिसोका कारण रौतहटमा ३ जनाको मृत्यु

    इमान्दार संवाददाताकाठमाडौं ।
    १३०० पटक
    काठमाडौं ।

    शीतलहरका कारण बढेको चिसोले रौतहटमा ३ जनाको ज्यान गएको छ ।

    रौतहटको गढीमाई नगरपालिका –४, का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका –७, मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका १ स्थित चिमनीभट्टामा काम गर्न आएका सर्लाही रामवनका ५५ वर्षीय नेक महम्मद अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    त्यस्तै शीतलहर बढेर जनजीवन प्रभावित भएपछि रौतहटमा जाडो बिदा दिइएको छ । गत सोमबारदेखि बन्द रहेको रौतहटको सामुदायिक विद्यालय पुस २६ गते सम्मलाई थप गरिएको जिल्ला शिक्षा अधिकारी राम विनय कुमार सिंहले जनाएका छन् ।

    तराईका जिल्लाहरुमा शीतलहरका कारण केहीदिनदेखि अत्यधिक जाडो बढेको छ ।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...