News Portal

  • अपडेट: आन्दोलनरत विद्यार्थीले हिर्काएको ढुंगा लागि प्रहरी घाइते

    इमान्दार संवाददाताकाठमाडौँ ।
    १७२९ पटक
    काठमाडौँ ।

    नेकपा एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले राजधानीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ ।

    झडपमा ६ जना विद्यार्थीहरु घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुको उपाध्यक्ष महेश बर्तौला, शेखर बोहोरालगायत दर्जन नेता कार्यकर्ता रहेको सचिव आरसी लामिछानेले जानकारी दिए । त्यस्तै विद्यार्थीको ढुङ्गा प्रहारबाट प्रहरी जवान देवेन्द्र चन्द घाइते भएका छन् ।

    निर्वाचन आयोगले मत परिणाम सार्वजनिक गर्न ढिलाई गरेको, प्रधानमन्त्री शेरबहादुर देउवाको अक्रमण्यता तथा  मूल्यबृद्धिविरुद्ध गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको लामिछानेले जानकारी दिए ।

    ‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेको बेला प्रहरीले एक्कासी बल प्रयोग गर्यो,’ लामिछानेले भने, ‘प्रहरीले दर्जनौँ शेल अश्रुग्याँस प्रहार गरेको छ ।’

    यता, प्रहरीले भने प्रधानमन्त्री र निर्वाचन आयुक्तको पुत्ला जलाउन खोजेपछि हस्तक्षेप गरेको बताएको छ । अहिले पनि त्रिचन्द्र कलेज र रत्नपार्क क्षेत्र तनावग्रस्त रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...