News Portal

  • नेकपाका इन्चार्जसहित ३ नेताहरु गिरफ्तार परेलगत्तै रिहा, डिएसपी भन्छन्- उहाँहरूकाे गल्ति नै रहेनछ

    इमान्दार संवाददाता
    १७२५ पटक

    याेगेन्द्र राजवंशी, बिराटनगर ।

    नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इञ्चार्जसहित ३ जना नेताहरुलाई प्रहरीले गिरफ्तार गरे लगत्तै रिहा गरेको छ ।

    प्रहरीले नेकपा मोरङका इन्चार्ज पुष्कर श्रेष्ठ, कोशी ब्युरो सदस्य सङ्गीत लिम्बु र मोरङ जिल्ला सदस्य गणेश निरौलालाई मंगलबार अपरान्ह ३ बजेतिर बिराटनगरकाे सन्जोसेफ बोर्डिङ स्कुलका शिक्षकहरुसँग सैक्षिक विषयमा सामान्य छलफल सकेर निस्किदै गर्दा स्कुलहाता भित्रबाटै गिरफ्तार गरेकाे हाे ।

    चन्दाकाे माग गरेकाे रिपाेर्टका अाधारमा पक्राउ गर्न अाएकाे भन्दै प्रहरीले नेता श्रेष्ठ, लिम्बु र निराैलालार्इ एक ठाँउमा राखेर सँगै रहेका शिक्षकहरूलार्इ भने अलि टाढा लगेर ‘यिनीहरुबिरुद्ध तपाईहरुले चन्दा मागेको भनेर मुद्दा हाल्नु पर्यो’ भनेर दबाव समेत दिएको थियो ।

    शिक्षकहरुले श्रेष्ठसहितका नेताहरु आफ्ना साथि भएकाको भन्दै निरन्तर भेटघाट र छलफल हुदैँ आएको र आज पनि आफुहरकै आग्रहमा उनिहरु स्कुलमा आएको प्रष्ट पारेका थिए । तर प्रहरीले भने ‘उनीहरु नेकपाको नेता-कार्यकर्ता हुन्, तपाईहरुले यति कुरा भनिदिएपछि हामीलाई पक्राउ गर्न सजिलो हुन्छ ‘ भन्दै जबर्जस्ती मुद्दा हाल्न दबाब दिएको बताईएको छ ।

    शिक्षकहरुले आफ्ना साथीहरुलाई बिना कसुर कुनै पनि हालतमा मुद्दा नहाल्ने भन्दै प्रतवाद गर्दा पनि प्रहरीले श्रेष्ठसहित ३ जना नेतालाई गिरफ्तार गरेको थियाे । पछि नेकपा नेताहरुलाई बिना कारण गिरफ्तार गरेको भन्दै चौतर्फी दबाब आएपछि उनीहरुलाई रिहा गर्न प्रहरी बाध्य भएको हाे ।

    यसाे भन्छ प्रहरी ! 

    जिल्ला प्रहरी कार्यालय मोरङले सुरुमा श्रेष्ठसहितका ३ जना नेताहरुलाई गिरफ्तार गरेको स्वीकार नै गरेन । जिप्रका मोरङका ड्युटी अफिसरले इमान्दार मिडियासँगको कुराकानीका क्रममा कोहि पनि गिरफ्तार नपरेको जिकिर गरे । ‘अहिलेसम्म त त्यस्तो छैन ।, ती ड्युटी अफिसरले भने- ‘नेकपाका नेता-कार्यकर्ता कोहि पनि गिरफ्तार परेका छैनन् ।’

    यस बिषयमा जिप्रका मोरङका डिएसपी बिष्णुहरी कोइरालासँग बुझ्दा सुरुमा उनले पनि नेकपा नेताहरुलाई गिरफ्तार गरेको स्वीकार गरेनन् ।कुरा गर्दै जाँदा सामान्य सोधपुछका लागि जिप्रका बोलाएको भन्दै गिरफ्तार भने नगरेको स्वीकार गरे । ‘त्यही स्कुलको कुरालाई लिएर उहाँहरुलाई सोधपुछका लागि बोलाइएको हो, कुरा त्यसो केहि पनि रहेनछ ।’ उनले भने- उहाँहरूकाे गल्ति नभएपछि सामान्य साेधपुछपछि पठाइदिएका हाैं ।’

    नेकपाका नेता कार्यकर्ताहरुलाई प्रहरीले झुठा मुद्दामा फसाउने भरपुर षड्यन्त्र गरेको यो घटनाबाट प्रष्ट भएको नेकपा मोरङ इन्चार्ज श्रेष्ठले बताएका छन् । इमान्दार मिडियासँग कुरा गर्दै श्रेष्ठले प्रहरीले राज्य आताकं मच्चाउन खोजेको बताएका छन् ।

    ‘बिना कारण नेता कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने खाेज्ने, असम्बन्धित घटनाहरुसँग जबर्जस्ती मुछ्न खोजेर फसाउने षड्यन्त्र बुन्ने काम अहिले प्रहरीले गरिरहेकाे छ ।’ उनले इमान्दार मिडियासँग भने- ”राज्य बिभिन्न बहानामा हाम्राे संगठन र हाम्राे पार्टीलार्इ, इमान्दारीपूर्वक पार्टी काममा लागेका नेता कार्यकर्ताहरूलार्इ बिनासत्तिमा दुख दिदै छ । याे उसकाे राज्य अातंक हाे ।’

    प्रशासनको यसप्रकारको हर्कतले आफुहरुको एकीकृत क्रान्ति कुनै हालतमा १ इन्च नरोकिने उनको भनाई छ ।

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...