News Portal

  • काठमाडौंको तापक्रम वर्षकै कम, देशभर चिसो बढ्यो

    इमान्दार संवाददाता
    १४९९ पटक

    काठमाडौंसहित देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम वर्षकै सबैभन्दा कम मापन भएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार,बुधवार बिहान ६.३० बजे काठमाडौंको तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

    गत पुस १ गते काठमाडौंको तापक्रम २.८ मा झरेको थियो । त्यसयता उतारचढाव आइरहेको काठमाडौंको तापक्रम बुधबार पुनः घटेको हो ।

    मौसमविद विभूति पोखरेलले काठमाडौंसहित देशभर चिसो बढेको जानकारी दिइन् । पश्चिम नेपालमा चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । पश्चिम क्षेत्रका कतिपय भू–भागमा कुहिरो नहट्दा चिसो बढेको हो ।

    रातभरि कुहिरो नहटे पनि दिउँसो कुहिरो फाट्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । चिसोका कारण हिमाली क्षेत्रका विद्यालयहरु बन्द भएका छन् भने पहाडी र तराई क्षेत्रका निजि तथा सरकारी सैक्षिकसस्थाहरु कहिँ कतै मात्र खुला छन् ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...