News Portal

  • प्रचण्ड सहभागी वैठकमा किन गएनन् ओली ? यस्तो छ कारण

    इमान्दार संवाददाताकाठमाडौं ।
    १३८५ पटक
    काठमाडौं ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्।

    दलहरुबीच सहमति गरेर प्रदेश प्रमुख तोक्नेबारे छलफल गर्न प्रधानमन्त्री देउवाले राष्ट्रिय पार्टी बनेका पाँच दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।

    एमाले अध्यक्ष ओली केही दिनयता बिरामी छन्। उनलाई झाडापखालाका लागेको थियो। उनी अहिले बालकोट निवासमा आराम गरिरहेका छन्। ओली स्वास्थ्यका कारण बैठकमा सहभागी नभएका हुन् भन्ने प्रश्नमा उनका प्रेस संयोजक चेतन अधिकारीले भने- होइन, उहाँ स्वास्थ्य अहिले ठिक छ। अरू राजनीतिक भेटघाट गरिरहनुभएको छ।

     

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, माओवादी नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु सहभागि थिए । एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन सकेनन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न वाम गठबन्धनका नेताहरुले सहमति भएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

    माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ति काम छिटो गर्न सुझाव दिएको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै पौडेलले बताए ।

    त्यस्तै बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति तोक्न पनि सरकारलाई दलका नेताहरुले सुझाव दिएका थिए । सर्वदलीय बैठकमा सहमति जुटाएर सरकारले आज बस्ने मन्त्रिपरिषद बैठकबाट यी तीनवटै विषयमा निर्णय गर्ने तयारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...