News Portal

  • चितवनमा नयाँ शक्तिका नेतामाथि डोजर आक्रमण (भिडियोसहित)

    इमान्दार संवाददाताकाठमाडौं ।
    २२१८ पटक
    काठमाडौं ।

    नयाँशक्ति नेपालका नेता तुलाराम विश्वकर्मामाथि डोजर आक्रमण भएको छ ।

    चितवन क्षेत्र नम्बर ३ प्रदेशसभा खबाट उम्मेदवार बनेका नेताविश्वकर्मामाथि भरतपुर महानगरपालिका २१ कालिकाचोकमा सडक निर्माण कम्पनिले डोजर आक्रमण गरी उनलाई घाइते बनाएकाे छ ।

    बाटो विस्तार समितिले सडक चौडा गर्ने नाममा बिना जानकारी जग्गामा डोजर लगाउन आएपछि बुझ्न पुगेका उनीमाथि  डोजर लगाइएको प्रत्यक्षदर्शीले बताएका छन्। नेता विश्वकर्मालाई त्यहाँ उपस्थित अन्य व्यक्तिले बचाएका हुन् ।

    ‘हामीलाई जानकारी नदिइ हाम्रो जग्गामा डोजर लगाउन थालियो । मैले बुझ्नका लागि डोजर भएतिर जाँदा मलाई उचाल्ने र पछार्ने कार्य गरियो,’ तुलारामले भने, ‘शरीरमा गम्भिर चोटपटक लागेको छ । प्रहरीले समेत मेरो मुद्दा लिन मानेको छैन ।’

    उनलाई डोजर लगाउँदै गर्दा उनको श्रीमती भने ठूलो स्वरले चित्कार्दै गरेको भिडियोमा देख्न सकिन्छ भने उनलाई डोजरले अगाडि पछाडि गर्दै लछारपछार गरेको समेत भिडियोमा प्रष्ट देखिन्छ ।

    बारम्बार डोजरले उनलाई हान्दा अन्य व्यक्तिले बचाउन तानेको पनि भिडियोमा देखिन्छ । रोयल बिल्डर्स कम्पनिको डोजरले आफूमाथि आक्रमण गरिएको तुलारामले बताएका छन् ।

    हेर्नुहोस् भिडियो

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...