सुरक्षाको अवस्था बुझ्न हिँडेका रसुवाका प्रहरी प्रमुख लडेर गम्भीर घाइते भएका छन् । उनलाई काठमाडौँमा उपचारका लागि ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री पैदलयात्राका क्रममा लड्दा दायाँ हातको कुममा गम्भीर चोट लागेकाले प्राथमिक उपचार गरी थप उपचारार्थ काठमाडौँ सिफारिस गरिएको जिल्ला अस्पतालका डा प्रबल केसीले जानकारी दिए ।