News Portal

  • व्यवसायी पौडेल हत्याको विरोधमा आज पनि रुपन्देही बन्द

    इमान्दार संवाददाताकाठमाडौं ।
    १५५६ पटक
    काठमाडौं ।

    व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ ।

    युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । जिल्लामा क्रियाशिल राजनीतिक दल, व्यवसायीक संघसस्था र नागरिक समाजले समेत बन्दमा ऐक्यबद्धता जनाएका छन् । सुरक्षाको माग गर्दै घटनास्थल देवदहका स्थानीय वासिन्दासमेत बन्दमा उत्रिएका छन् ।

    प्रहरी प्रशासनको कमजोरीका कारण युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठिक १ वर्ष पछाडि फेरि अर्को युवाको हत्या भएको उनीहरुको दावी छ । दोषिलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने भन्दै पौडेलको शव समेत आफन्तले लुम्बिनी अञ्चल अस्पताल बुटवलमै छोडेका छन् । हत्यामा संलग्नलाई पक्राउ नगर्दासम्म बन्द जारी राख्ने अनेरास्ववीयु रुपन्देहीका अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभयो ।

    बन्दका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्ग ठप्प छन् । चोक चोकमा बसेर अवरोध गरेपछि भित्री सडकमा पनि सवारीका साधन चलेका छैनन् । बजार पसल तथा औद्योगिक प्रतिष्ठान समेत खुलेनन् । बन्दको प्रभाव बुटवल, देवदह, खैरेनी लगायतका स्थानका धेरै परेको छ । एक्कासी आयोजना भएको बन्दका कारण यात्रुहरुले निकै सास्ती व्यहोरेका छन्।

    गन्तब्यमा पुग्न नपाउँदा सडकमा अलपत्र परेका वृद्ध र बालबालिका सहितका यात्रुलाई प्रहरीले राति १२ बजेपछि स्कटिड. गरेर रुपन्देहीको सिमा कटाएको थियो । बन्द खुलाउन बन्दकर्ता र प्रहरीबीच पटक पटक छलफल भएपनि दोषिलाई पक्राउ नगर्दासम्म बन्द यथाबत राख्ने जीकिर गरेपछि छलफल टुंगोमा पुगेको छैन । रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीले बन्दकर्ता आवेशमा रहेकाले घटना उत्तेजीत हुन नदिन प्रहरीले बल प्रयोग गर्न नसकेको बताए ।

    व्यवसायी पौडेलको शुक्रबार बिहान करिब सबा ११ बजे देवदह २ ढेकाबारमा आफ्नै फर्निचर उद्योगमा बसेका बेला गोली हानी हत्या भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको...