News Portal

  • देशभर सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदै : यस्तो छ महिमा

    इभक्तपुर संवाददाताभक्तपुर, ८ माघ
    ५४२३ पटक
    भक्तपुर, ८ माघ

    आज श्री पंचमी । देशभर सरस्वतीको पूजा आराधना गरी सरस्वती पूजा मनाइदैछ । हिन्दू धर्ममा सरस्वतीलाई ज्ञानकी देवीको रुपमा लिइन्छ । आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन । खासगरी बिद्यालयहरुमा सरस्वती पूजा धुमधामसंग मनाइदैछ ।

    बिद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक बिश्वास रही आएको छ । ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको पण्डितहरु बताउछन ।

    आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुदा आजको दिनलाई बसन्त पंचमी पनि भन्दछन । केटाकेटीलाई आजको दिन अक्षराम्भ गराउनु शुभ रहने बिस्वास गरिन्छ ।

    सरस्वतीको बर्णन गर्ने एक स्तोत्र यस्तो छ :

    सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
    हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

    प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
    तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

    पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
    सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

    नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
    एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

    द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
    जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

     

    हेर्नुस् यस्तो छ महिमा

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...