News Portal

  • अन्नको सम्मान गर्ने पर्व सकिमना पुन्ही सम्पन्न

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ३० कार्तिक २०८१
    १५४२ पटक
    sakimana punhiभक्तपुर, ३० कार्तिक २०८१

    अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ । नेपाल भाषामा सकिको अर्थ पिडालु र मानाको अर्थ उसिन्नु हो भने पुन्ही भनेको पूर्णिमा हो । यस अर्थमा सकिमना पुन्हीको अर्थ पिडालु उसिनेर खाने पूर्णिमा भन्ने हुन्छ ।

    प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन घरघरमा पिडालु उसिनेर खाई यो पर्व मनाउने प्रचलन रहेको छ । उसिनेको पिँडालुले शरीरलाई न्यानो गराउने पनि भएकोले यो पर्व बिज्ञान सम्मत मान्न सकिने भौतिकवादी नेता देवेन्द्र श्रेष्ठ बताउँछन् । जाडोमा शरीरलाई चिसोबाट बचाउन पिँडालु उसिनेर खानपर्ने सन्देश यो पर्वले दिएको उनको भनाइ छ ।

    विशेषगरी नेवा: समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल हो । नजिकको ईष्ट देवीदेवताको मन्दिर अगाडी नसाबजी (मकै, भटमास, पिँडालु, गहुँलगायतका अन्नको समिश्रण) बाट सोही मन्दिरमा रहेका देवी देवता र मन्दिरको आकृति बनाउनु यस पर्वको विशेषताको रुपमा रहेको छ ।

    शुक्रबार भक्तपुरका प्राय सबै मन्दिर अगाडी स्थानीयले श्रद्ध भक्तिपूर्वक नसाबजी बाट देवीदेवता बनाएर प्रदर्शन गर्नुकासाथै र भजन किर्तन सकिएपछि त्यही नसाबजी लाई प्रसादको रुपमा ग्रहण गरेका छन् । नेवा: समुदायले कोजाग्रत पूर्णिमाको दिनदेखि शुरु गरेको एकमहिने रात्रिकालीन दाफा भजनकीर्तन पनि यसै दिनमा सम्पन्न गर्ने प्रचलन रहेको छ ।

    किसान बाहुल्यता रहेको भक्तपुरमा अन्नलाई ईश्वरकै दर्जामा सम्मान दिएर देवीदेवता बनाउनु श्रमप्रतिको सम्मान पनि भएको नेमकिपाका स्थानीय नेताहरु बताउँछन् । मौलिक पहिचान पस्कने यो पर्वलाई पर्यटन प्रवर्द्धनमा पनि प्रयोग गर्नसक्नुपर्ने चाँगुनारायण उद्योग बाणिज्य संघका अध्यक्ष एवं श्रद्धालु श्रीभक्त कासिछ्वा बताउँछन् ।

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...