News Portal

  • भक्तपुरमा सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ११ असोज २०८१
    २०३ पटक
    भक्तपुर, ११ असोज २०८१

    भक्तपुर नगरपालिकाले सांस्कृतिक गुरुहरुको सम्मानलाई निरन्तरता दिएको छ । विश्व पर्यटन दिवसको अवसर शुक्रवार आयोजित विशेष सामारोहमा सांस्कृतिक गुरुहरु सम्मानित भएका छन् ।

    नगरपालिकाले प्रत्येक वडाबाट २ जना गरी २० जना गुरुहरुलाई सम्मान गरेको छ । वडा नं १ बाट देवचन्द्र बज्राचार्य र मंगलबहादुर भैल सम्मानित भएका छन् । वडा नं २ बाट रामभक्त ब्यान्जु र विकुबहादुर पक्का परेका छन् । वडा नं ३ बाट हर्षवीर धुख्वा र बद्रीभक्त खबुजा सामानित हुँदा वडा नं ४ बाट न्हुछेकुमार प्रजापति र चन्द्रबहादुर कपाली तथा वडा नं ५ बाट जगनाथ त्वानाबासु र ब्रम्हकाजी दर्शनधारीलाई सम्मान गरिएको छ ।

    त्यसैगरी, वडा नं ६ बाट आसराम अवाल र गणेशबहादुर सुवाल सम्मानित भएका छन् । सम्मान पाउनेमा वडा नं ७ बाट नारायणभक्त वनमाला र मोतिलाल लाखाजु एवं वडा नं ८ बाट तुल्सीनारायण गोसाई र कृष्णगोपाल प्याथ परेका छन् । त्यसैगरी वडा नं ९ बाट तुल्सीभक्त कोजु र राजारामश्रेष्ठ तथा वडा नं १० बाट रामचन्द्र सुवाल र काजीलाल मुलगुठी सम्मानित भएका छन् । कला र संस्कृति संरक्षणका विभिन्न विधाका योगदान गरेवापत उनीहरु सम्मानित भएका हुन् । सांस्कृतिक गुरुहरूलाई दोसल्ला ओढाई नगद रु. २०,०००।– सहित नगर प्रमुख सुनिल प्रजापतिले सम्मानपत्र प्रदान गरेका थिए ।

    यस वर्षको गुन्हीपुन्ही सापारु अर्थात गाईजात्रामा प्रदर्शन गरिएका घिन्ताङघिसी ट्वाक्क र माकप्याखंका विजेताहरुलाई पनि कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । गुन्हीपुन्ही सापारुमा विविध विधाअन्तर्गत १ सय ४२ सांस्कृतिक समूहले प्रतियोगितामा भाग लिएका थिए ।

    गुन्हीपुन्ही सापारु २०८१ माप्रदर्शन भएका घिन्ताङघिसी र माकप्याखँतथा परम्परागतएवम् आधुनिक सांस्कृतिक विधामा मको लुसीप्याखं खल, भनपा ९ का विदिसा लवजू महिला उत्कृष्ट कलाकारको पुरस्कार पाए भने मुस्याख्व परिवार देवी प्याखं समूह भनपा ३ का लक्ष्मीप्रसाद मानन्धर उत्कृष्ट पुरुष पुरस्कार प्राप्त गर्न सफल भए ।

    सिद्धि गणेश प्याखं समूह भनपा-७ का विनेश खाइजु उत्कृष्ट बालकलाकार, मंगलमाया वनमाला समेतको घिन्ताङघिसी समूह भनपा७ का निर्देशकलक्ष्मीप्रसाद वनमाला उत्कृष्ट निर्देशक र च्वङा गणेश सांस्कृतिक समूह भनपा १ का साइला वैद्य उत्कृष्ट लेखकबाट सम्मानित भएका भक्तपुर नगरपालिकाको भनाइ छ ।

    पुरस्कृतहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण प्रदान गरिएको तछ । त्यस्तै, भक्तपुरका सांस्कृतिक गुरुहरूको सम्मान तथा पर्यटन सम्बद्व संघ संस्था, व्यवसायी र सहयोगीहरूलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि सांसद प्रेम सुवाल रहेका थिए । नेमकिपाका सचिव समेत रहेका सांसद सुवालले नागरिकलाई स्वस्थ राख्न सरसफाइ र खेलकुदलाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गर्नु राम्रो भएको भन्दै नयाँ पुस्तालाई सांस्कृतिक अतिक्रमणबारे पनि सजग पार्नुपर्ने आवश्यकता औल्याए ।

    ”संस्कृति भनेको सभ्यताको विकास हो र यहाँको कला संस्कृति, सम्पदा आदि संरक्षणले नयाँ पुस्ताको पनि भलो गर्छ ।” उनले भने

    काठमाडौं केन्द्रित विकासले उपत्यकाको जनसंख्या अत्यधिक बढेको र धेरै समस्याहरु पनि निम्तिएको बताउँदै सांसद सुवालले पश्चिम नेपालको विकास गर्न नेपालको राजधानी दाङमा सार्नुपर्ने सुझाव दिए ।

    त्यस्तै नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाइँले पर्यटन प्रवर्द्धनको निम्ति शान्ति सुरक्षा अपरिहार्य विषय भएको बताउँदै भक्तपुरले शान्त र सुरक्षित शहरको परिचय बनाएको बताए । प्रगतिशील साहित्य, राजनीति र संगठन भनेको सभ्यजातिको कला, संस्कृति संरक्षण गर्ने सशक्त माध्यम भएको भन्दै उनले भक्तपुर सांस्कृतिक नायक र गुरुहरुको सहर समेत भएको उल्लेख गरे।

    सो अवसरमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर भरमग्दुर प्रयास गरिएको प्रष्ट पारे । भक्तपुर नगरमा गतवर्ष १ लाख ४६ हजार विदेशी पर्यटकहरुले भ्रमण गरेको तथ्यांक प्रस्तुत गर्दै उनले मंसिर २८ देखि पुस २ गतेसम्म ५ दिने भक्तपुर महोत्सव गर्ने र त्यसले पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वास व्यक्त गरेका छन् ।

    कार्यक्रममा भक्तपुरकी उप्रमुख रजनी जोशीले, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ,
    संस्कृतिविद् विश्वमोहन जोशी,प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, राष्ट्रिय कला संग्रहालयकी अधिकृत यमुना महर्जन, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनी धौबन्जा, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व लगायतले भक्तपुर नगरपालिकाबात सिक्नुपर्ने धेरै कुरा भएको भनेका थिए ।

    उक्त कार्यक्रममा पर्यटन पथप्रदर्शकहरु त्यसैगरी पर्यटन सम्बद्ध व्यवसायी, संस्था र सहयोगीहरुहरूलाई कदर पत्र पनि प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...