News Portal

  • वरिष्ठ गायक मधु क्षेत्रीलाई भक्तपुरमा सम्मान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १२ कार्तिक २०८१
    ७९९ पटक
    भक्तपुर, १२ कार्तिक २०८१

    वरिष्ठ गायक मधु क्षेत्री सम्मानित भएका छन् । भक्तपुर साङ्गितिक समाजले उनलाई सम्मान गरेको हो ।

    फूलै फूल मात्र पनि होइन रैछ जीवन, पानी खाने निउले तिम्रो घर आउला,हुरीले उडाउन सकेन,साईली र माहिली पैला गए छन् बाउ बाजेको नाकै काटेर,लागायत का थुप्रै कालजयी गीतका गायक क्षेत्रीलाई सम्मान गर्न पाउँदा समाजले सन्तोष व्यक्त गरेको छ ।

    भक्तपुर साङ्गितिक समाजद्वारा शुभ दीवापली,नेपाल संवत ११४५ न्हुंद र छठ पर्व २०८१ को आयोजनामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा बरिस्ठ गायक क्षेत्रीलाई सम्मान गरिएको  समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यले बताए । साङितिक क्षेत्रमा विगत ४ दशक भन्दा बढि समयदेखि अतुलनिय योगदान पुर्याउदै आएका क्षेत्रीलाई सम्मान गर्न पाउनु खुशी र गौरबको कुरा भएको उनको भनाइ छ ।

    कार्यक्रममा गायक क्षेत्रीले शुभकामना मन्तव्य राख्दै आफुले पहिला रेडियो नेपालमा गरेको संघर्षदेखि आफ्ना समकालीन मित्र गायक उदितनारायण झा सँगसँगै बिताएका ति दिनहरु सम्झिदै आफ्नो लोकप्रिय गीत पनि गाएका थिए।

    सो कार्यक्रममा वरिष्ठ गीतकार तथा समाजका सल्लाहकार सुवासचन्द्र ढुंगेलले समाजले नेपाली संगीतलाई थप उचाईमा पुर्याउन गर्दै आएको विभिन्न सांगीतिक कार्यक्रमको स्मरण गरे निरन्तर सक्रियताको शुभकामना ब्यक्त गरे ।

    कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष प्रवीण शाहीले गीतकार लक्ष्मीप्रसाद कसुलाको शब्दमा र आफ्नै आवाज अनि संगीतमा भर्खरै रेकर्ड गरेको नयाँ गीत आउँ नाचौ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो ।

    कार्यक्रममा कार्य समिति सदस्य रविन थापा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन रेडियोकर्मी किरण सुवालको रहेको थियो । सो अवसरमा गीत संगीत र साहित्यकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...