News Portal

  • सबै मिलेर लगाऔॅं केफिए

    सुरेन्द्रराज गोसाइँभक्तपुर, २६ असोज २०८१
    ५३० पटक
    भक्तपुर, २६ असोज २०८१

    यसपालिको दसैंमा,
    यसपालिको तिहारमा,
    यसपालिको छठमा
    टोपी लगाउन नभन्नुहोला!
    खादा ओढ्न नभन्नुहोला!

    यसपालिको जाडोमा,
    पुष-माघको ठन्डीमा
    टोपी लगाउन नभन्नुहोला!
    मफलर बेर्न नभन्नुहोला!

    बरू,
    म त सगर्व बेर्छु प्यालेस्टिनी स्कार्फ
    प्यालेस्टिनी स्कार्फ अर्थात् स्वतन्त्रताको प्रतीक
    प्यालेस्टिनी स्कार्फ अर्थात् ऐक्यबद्धताको प्रतीक।
    म त सहर्ष बेर्छु केफिए अर्थात प्यालेस्टिनी स्कार्फ
    अनि गाउॅंछु, संसारले सुन्नेगरि
    ऐक्यबद्धताको गीत,
    शान्तिको गीत।
    अनि गाउॅंछु, संसारले सुन्नेगरि
    प्रतिरोधको गीत,
    न्यायको गीत।

    आऊ, सबै मिलेर लगाऔॅं केफिए
    र, सबै मिलेर गाऔॅं मुक्तिको गीत
    यत्रतत्र सर्वत्र देखून् युद्धपिपासूहरूले
    केफिए नै केफिए, केफिए नै केफिए।
    यत्रतत्र सर्वत्र देखून् नरभक्षकहरूले
    कमरेड नै कमरेड, कमरेड नै कमरेड।
    अरवमा मात्र होइन एसिया, युरोपमा
    अरवमा मात्र होइन अफ्रिका, अमेरिकामा।
    र, सबै महादेशहरूमा गुन्जियोस् मुक्तिको गीत।

    रगतमा चोपिएका हर एक केफिए सम्झेर भनौं
    “युद्ध बन्द गर!”, “नरसंहार बन्द गर!”
    धुजा धुजा पारिएका हर एक केफिए सम्झेर भनौं
    “नवनाजीवाद मुर्दावाद!”, “जातीय संहार मुर्दावाद!”

    असोज २६, विजया दशमी २०८१

    (कवि गोसाइँ बागमती प्रदेश सभाका माननीय सदस्य एवं नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष हुनुहुन्छ ।)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...