News Portal

  • मोर्डनकी बुमिरा र युनिकका बिकासलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २२ कार्तिक २०८१
    ५०७ पटक
    भक्तपुर, २२ कार्तिक २०८१

    एसईईमा नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने सूर्यविनायक नगरका दुई विद्यार्थीलाई बैजनाथ-सुभद्रा प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । पुरस्कृत हुनेमा मोर्डन बोर्डिंग स्कुल दधिकोटकी छात्रा बुमिरा माकजू र युनिक इण्टरनेशनल स्कूल कटुन्जेका छात्र विकास थापा रहेका छन् ।

    कटुन्जेमा आयोजित साहित्यकार चक्रपाणि चालिसेको १४२ औं जन्मजयन्ती समारोह, पुरस्कार वितरण एवं साहित्यिक कार्यक्रमका बीच उनीहरुलाई रु ५ हजार राशीको सो पुरस्कार प्रदान गरिएको हो । यो वर्ष माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा बुमिरा र बिकासले नेपाली विषयमा समेत ४ जीपीए ल्याएका थिए ।

    नेपाली विषयमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको पुरस्कारका संस्थापक साहित्यकार बैजनाथ चालिसेले बताए । सो पुरस्कार साहित्यकार बैजनाथ र उनको श्रीमतीको नाममा स्थापना गरिएको र हरेक वर्ष पुरस्कारलाई निरन्तरता दिने चक्रपाणि स्मारक प्रतिष्ठानका सदस्य सचिव रहेका कवि रामगोपाल आशुतोषले जनाएका छन् ।

    सो अवसरमा कार्यक्रममा समालोचक एवं साहित्यकार प्राडा गोविन्दराज भट्टराईलाई यस वर्षको चक्रपाणि स्मारक पुरस्कार प्रदान गरिएको छ । त्यस्तै देशव्यापीरुपमा गरिएको चक्रपाणि कथा प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कृत गरिएको छ । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । त्यस्तै लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ को “मैले नभित्राएकी बुहारी”ले द्वितीय र रुपक अलंकार को कथा ”बङ्गाली बाबा”ले तृतीय पुरस्कार प्राप्त गर्न सफल भएको छ । उनीहरुले प्रमाणपत्रका साथै क्रमश रु ३० हजार, २० हाजर र १० हजार नगत पुरस्कार पनि पाएका छन् ।

    प्रतियोगितामा तनहुँका प्रतियोगी प्रकाश नेपालीको कथा “मेलम्ची कहिले सुक्छ सरकार” र अनिता पन्थीको “जुगुप्सा” ले क्रमस: तेस्रो र चौथों हुँदै रु. ५ हजार राशीसहितको “आरुषी महर्जन” गुणवत्ता पुरस्कार प्राप्त गरेका छन् ।

    सो अवसरमा कटुन्जेको चक्रपाणि चोकस्थित साहित्यकार चक्रपाणि चालिसेको स्मारक अघि उभिएर वरिष्ठ कवि शैलेन्द्र साकार, पदम दाहाल, युवा कवि सुरेश गाउँले, सञ्जय सुमन, दिलकुमारी डङ्गोल, वसन्त नकर्मी, तेजकुमार श्रेष्ठ, रेणुका भट्टराई, ज्ञानु विद्रोही र राजेश केसीले कविता वाचन समेत गरेका थिए ।

    राममणी ढुंगेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव एवं सिमाविद द्वारिकानाथ ढुंगेलको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी डा कुमार कोइराला, प्राडा गोविन्दप्रसाद भट्टराई शैलेन्द्र साकार, डा बिन्दु शर्मा, बैजनाथ चालिसे, वडाध्यक्ष राजकुमार जोशी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति लगायतको समेत आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...