News Portal

  • अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    रमेश दाहालभक्तपुर, ४ असोज २०८१
    १७२२ पटक
    भक्तपुर, ४ असोज २०८१

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको नियमित चौथो बैठकले सर्वसम्मत रूपमा सो निर्णय गरेको हो ।

    बीओटी सभापति पदम विश्वकर्माको समेत उपस्थितिमा बसेको उक्त बैठकबाट अनेसास केन्द्रीय कार्य समितिमा अमेरिकाको न्युयोर्कबाट शकुन ज्ञवाली र कतारबाट मणि पौडेल मनोनित भएका छन् । ज्ञवाली र पौडेल दुबैजना साहित्यिक रूपमा स्थापित व्यक्तित्व हुन् भने संस्थागत रूपमा पनि दुबैजनाको अनेसासमा लामो योगदान रहेको छ ।

    अनेसास बिधानमा निर्वाचनबाट  अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रत्येक महादेशबाट प्रतिनिधित्व हुने गरी ५ जना उपाध्यक्षहरू, महासचिव, सचिव , कोषाध्यक्ष र सदस्य गरी १५ जना पदाधिकारी चयन गरिने प्रावधान छ भने कार्य समितिको बैठकबाट पारित गरी एक जना महिला र एक जना पुरुषलाई अध्यक्षले मनोनयन गर्ने प्रावधान रहेको छ । सोही अनुरुम ज्ञवाली र पौडेल मनोनित भएका अनेसासले जनाएको छ ।

    चौथो बैठकबाट दुई केन्द्रीय सदस्य मनोनयन भए पश्चात् अनेसास केन्द्रीय कार्यसमितिले पूर्णता प्राप्त गरेको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले बताएका छन्  ।

    अनेसास विधानअनुरूप बैठकले सिफारिस गरेको व्यक्तिहरूलाई inlsdarpan.com अनलाइन साहित्यिक पत्रिकाको प्रधान सम्पादक तथा कार्यकारी सम्पादक र मुखपत्र अन्तर्दृष्टिको प्रधान सम्पादकलाई अध्यक्षद्वारा मनोनयन गरिन्छ ।

    यसै प्रावधानबमोजिम युरोपबाट निर्वाचित उपाध्यक्ष डिल्लीराम अम्माईलाई inlsdarpan.com को प्रधान सम्पादकमा जिम्मेवारी प्रदान गरिएको छ । अम्माई विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । साहित्य क्षेत्रमा उनको राम्रो दख्खल छ ।

    कार्यकारी सम्पादकको जिम्मा पुनः नेपालबाट रमेश दाहाललाई प्रदान गरिएको छ । यस अघि पनि कार्यकारी सम्पादक रहेका दाहाल विगत लामो समयदेखि अनेसासद्वारा प्रकाशित विभिन्न स्मारिका र चार दर्जनभन्दा बढी विविध विधाका साहित्यिक कृतिहरु सम्पादन गरिसकेका सम्पादक हुन् ।

    त्यस्तै अन्तर्दृष्टिको प्रधान सम्पादकमा जापानका दिनेशराज ज्ञवालीलाई मनोनयन गरिएको छ । ज्ञवाली राम्रा गजलकार समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...